प्रेम र प्रेम दिवस

प्रेम भनेको विश्वास हो । यही विश्वासमा संसार अडेको छ । प्रेमको यौवनको उल्लास होइन । साचो प्रेमले त्यागको माग गर्छ तथा बादललामा केही चाहदैन।

Published Date: February 13, 2018

सबिता उप्रेती
प्रेम भन्ने बितिकै माया र स्नेह भन्ने बुझाउछ । प्रेम सर्बब्यापी छ । हरेक मनिस लगायत जिबजन्तुमा प्रेम हुन्छ । प्रेम बिना संसार अन्धकार रहन्छ । हरेक मान्छे प्रेममा अडिग हुन्छ । बाल्यकालमा बाबु आमाको प्रेम, किशोर अवस्थामा सगै खेल्ने साथीको प्रेम,वयस्क अवस्थामा प्रेमी प्रेमिका सँगको प्रेम, अधबैशे अवस्थामा छोराछोरीसँगको प्रेम र बृदा अवस्थामा नाता-नातिनीको प्रेममा मनिस हरुको मन रमाइरहेको हुन्छ । तर हिजो आज अरुसँगको प्रेम भन्दा प्रेमी प्रेमिकाको प्रेम लाई बिशेष महत्व राखिन्छ । अनी वास्तविक प्रेम नबुझेर कती वयस्कहरुले एउटा प्रेमलाई फेसनको रुपमा लिएर केही नसोची प्रेममा झ्वाम्म हामफालेको पाईन्छ । वर्तमान परिवेशमा प्रेममा विकृती छाएको छ । प्रेमको अर्थ नबुझेर युवायुवतीहरुले आफ्नो जीवनलाई नारकिया दलदलमा फसाएको पाईन्छ । यती मात्र होइन युवायुवतिहरुले जीवनलाई एउटा फिल्म सम्झेर प्रेमि-प्रेमिका फेरी-फेरी प्रेम गरेका छन । कतिले टाइम पासको लागि त कतिले आफ्नो स्वार्थको लागि नाटक गरेर पनि प्रेम गरेको पनि पाईन्छ । वास्तवमा यो प्रेम होइन ,यो त प्रेमको नाममा कलन्क मात्र हो । वास्तवमा प्रेम के हो? कसैले कसैलाई मन पराउनु पाप होइन तर प्रेम दुई तर्फी हुनुपर्छ । प्रेम भनेको दुई आत्मा को मिलन हो । पैसा प्रदर्शन गरेर ,झुटा प्रशम्सा गरेर वा झुटा आशाहरु देखाएर यदी मैले प्रेम गरेको छु भनेर गर्व गर्छ भने त्यो ब्यर्थ हुन्छ । किनकी यस्तो प्रेमको आयु लामो हुँदैन । त्यसैले प्रेमको गहिराईमा हाम्फाल्नु भन्दा बिस्तारै प्रेमको गहिराइको अनुभव गर्नु राम्रो हुन्छ । एकले अर्काको प्रशम्सा गर्नुको साथ साथै गल्तीहरुलाई पनि चित्त नदुख्ने तरिकाले औल्याउनु पर्छ । प्रेम पहिले आँफै हुन्छ तर पछि प्रेमलाई निभाउन जान्नु पर्छ । म माया गर्छु भन्न त सजिलो छ तर यस्लाई पालन गर्न गाह्रो छ।
प्रेममा नफसुन्जेल आकाशको तारा झारी दिने प्रलोभन देखाउछन र प्रेमको जालमा फसेपछी उनिहरुको हरेक व्यबहारमा परिवर्तन गर्दछन तथा त्यही अनुहार र बोली नराम्रो हुन थाल्छ । वास्तवमा यो प्रेम होइन यो शरीरिक आकर्षण र वास्ना मात्र हो । 
प्रेम भनेको विश्वास हो । यही विश्वासमा संसार अडेको छ । प्रेमको यौवनको उल्लास होइन । साचो प्रेमले त्यागको माग गर्छ तथा बादललामा केही चाहदैन। फुलको बस्ना वरीपरी मनिसको बास्ना डाडा पारी भने झै प्रेम गरिने मनिस जती टाढा रहे पनि हृदयले उस्लाई प्रेम गरिरहन्छ । वास्तविक प्रेम आकर्षन होइन ।
भनिन्छ प्रेम जानी बुझी मात्रा गर्नु पर्दछ । योजना बद्द तरिकाले गरेको प्रेमले नै जीवन सफल बनाउछ । अन्यथा युवा युवतीहरु हतारमा प्रेम गर्दछन र प्रेम असफल भएपछी हत्या ,आत्महतत्या गर्ने, मनोसामाजिक समस्या उत्पन्न हुने एव बेश्या वृतिमा सङ्लग्न भएर नारकिय जीवन बिताउन पनि वाध्य भएको पाईन्छ । सफल प्रेमको लागि दुवै पक्षले समान भूमिका निर्वाह गर्नु आवश्यक छ । प्रेम असफल हुनाको मुख्य कारण हतारको प्रेम, स्वार्थी प्रेम जिम्मेवारीको अभाव र समाझदारीको कमी नै हो । ख्याल ख्यालको प्रेमले समस्याको ठुलो रुप लिन सक्छ । मनिसको सुन्दरता र धनमा प्रेम गर्नु प्रेम होइन । प्रेमको दक्षिणा सुखमय संसार हो धोका र छल होइन । प्रेममा विश्वासको आवश्यकता हुन्छ वास्तविक प्रेम एक जनासँग मात्र हुन्छ जुन हुर्काउन जान्नु पर्दछ । किशोर किशोरीको प्रेमको आययु लामो हुँदैन र ब्यवहारीक हुँदैन । किशोर किशोरीहरु हतारमा प्रेम गर्दछन अनी प्रेमी वा प्रेमिकाबाट केही गल्ती भएमा अर्को प्रेमी , प्रेमिका बनाउन तर्फ अग्रसर हुन्छन। यो प्रेम होइन । यो मात्रा जवानीको एउटा आकर्षण हो । यदी उसबाट केही गल्ती कमजोरी भए उ नरीसाउने गरी सम्झाएर सुधार्नु राम्रो हुन्छ । मानिसको जीवन एउटा खेलौना होइन त्यसैले दसैंमा लुगा फेरे झै प्रेम नफेरीकन आफ्नु एउटा प्रेममा अडिग हुनसक्नु पर्दछ । प्रेम आफु आत्मनिर्भर नभै गरेमा पनि सफल हुँदैन । पहिला आफ्नु पढाई सकाएर आफ्नु भावी जिन्दगीको राम्ररी योजना बनाएर मात्र प्रेम गरेमा पनि प्रेम सफल हुनेदेखिन्छ । बिद्यार्थी जीवनमा खतराको सन्केत हो । प्रेमको गहिराइमा डुबे पछी पुन बिद्यार्थी जीवन फर्काउन गर्हो पर्दछ । जीवनको अबिकसित शरीर र दिमागलाई प्रेमको आगोमा होम्नु भन्दा अतिरिक्त्त कृयाकलाप तथा नयाँ नयाँ ज्ञान सिप तिर अभिरुची देखाउनु राम्रो हुन्छ । यस अवस्थाको प्रेमले जीवन अन्धकार तर्फ धकेल्दछ । प्रेम यस्तो शब्द हो , जस्ले धनी गरिव , जात ,धर्म र बर्ण र उमेर हेरिदैन । प्रेमी प्रेमिका बिचको विश्वासमा झ्याङिन्छ र हुर्कन्छ । प्रेम सफल बनाउनको शंका र स्वार्थको भावना त्याग्नु पर्दछ ।शंकाले प्रेमी प्रेमिकालाई गलत बाटोमा डोर्याउन वाध्य गराउछ । एक आपसमा गरिने खुल्ला हृदयबाटनै प्रेमलाई गन्तब्यमा पुर्याउन सकिन्छ ।

 

माया, प्रेम, लभ नसोचौं भन्दा पनि भ्यान्टाइन्स डे को निकटताले यस्तो नसोची धरै दिएको छैन । वर्षभरीको प्रेम, वर्षभरीको अभिव्यक्ति सबै एकैपटक वषिर्ने यो प्रेममय मौसमले जबर्जस्ती सबैको मन, वचन र कर्म भित्र प्रेम घोल्ने प्रयास गरेको छ । 
वर्षभरीका सम्झिएर बिर्सिएका या बिर्सिएर सम्झिएका अभिव्यक्तिहरुले निकास पाउने या निकास पाउनुपर्ने भ्यालेन्टाईन्स डे आफैं व्यस्त देखिन्छ ।
दोकानका महत्वपूर्ण कुनाहरु चकलेट, मीठाई र राता अनि गुलावी रंगका कार्डहरुले सिंगारिँदा, फूल बेच्ने पसलहरु रंग रंगका गुलावले बैंश जस्तै फक्रिँदा, गहना पसलहरु बिहेको दुलही जस्तै भित्रको खुशीलाई शरममा अनुवाद गरेर गहनाको बोझले नुहेजस्तै नुहुँदा, होटेलका कोठाहरु हप्तौं अघिदेखि नै ओगटिँदा प्रेमको नशाले नछोइएका भेट्नु र शिशिरका रुखमा पात भेट्नु झण्डै झण्डै उस्तै समेत लाग्न सक्छ ।
अर्काको हृदयबाट अर्काकै लागि निस्किएका अभिव्यक्तिहरु किनेर आफ्नो भावनामा अनुवाद गरेर हामी आफ्ना पि्रयलाई दिन्छौं । अर्काले अर्कैलाई सम्झिएर बनाएका फूलका गुच्छाहरु आफ्नो बनाएर आफ्नो माया व्यक्त गछौं । अर्काले तोकिदिएको मितिमा अर्काले गर्दै आएको रीतमा, अर्काले नै कोरिदिएको गीतमा हामी आफ्नालाई मायाका गीत गाउँछौ र आफैंले यो सबै गरेको भन्छौं ।

कोठबारीको बगैंचाभरी गुलावलगायत अरु बिभिन्न फूल बाह्रै महिना जस्तो फुल्दा पनि मेरी आमाले कहिल्यै फूलको गुच्छा पाउनु भएन । काव्य र साहित्य आफ्नो पेशा भित्रै परे पनि प्रेमका अभिव्यक्तिका कार्डहरु मेरा बुबाले कहिल्यै आमाको सिरानमा राखिदिनु भएन । रेस्टुरेन्टमा खाने भनेको लखनउ र वनारसको गल्लीका कुनामा रहेका पानीपुरी, जिलेवीपुरी अनि घर बाहिर रहेको बेला आवश्यक परे बाहेक कहिल्यै अनुभव गराउनु भएन । यसो सम्झिदा अहिलेको अतिशयोक्तीले प्रयोग हुने ‘आई लभ यु’ या अनुवादमा ‘म तिमीलाई माया गर्छु’ पनि शायदै भन्नु भयो होला । बुबाप्रति आमाले त झन् यस्ता प्रेम प्रदर्शनको व्यवहार गर्नु भएको कल्पना पनि गर्न सक्तिन । ‘तिमीहरुका बा’ या ‘आफू’ भनेर संवोधन गरिने बुबाको नामको उच्चारण त परै जाओस बाको नामको चार अक्षरमा तीन अक्षर उस्तै भएका छिमेकिको समेत नाम उच्चारण गर्नु भएन । यस अर्थमा मेरा बुबा र आमाले एक अर्कालाई माया गर्नु भएन ।
‘आमा थिई र पो सबै थियो त, अब त्यो घर मेरा लागि मसानघाट समान हो’ आफू काठमाडौंमा भएको बेला आमा अकस्मात स्वर्गे भएपछि मेरा साथीको बुबा आफ्नो अभिन्न अंग ठानेको, जीवनको महत्वपूर्ण हिस्सा मानेको परिवेशसंग नै टाढिनु भयो । बाले माया गरेको भनेका रुख विरुवा, कोठा चोटा, सर सामान, फूल बगैंचामा बाको उपस्थितिको अभाव बाहेक अरु कुनै परिवर्तन आएको थिएन । आमा प्रतिको मायाको प्रतिविबम्ब भएर बुबाको हृदयमा कुंदिएर बसेका ती सवै भौतिक वस्तुहरु आमाको अभावमा आत्माले छोडेर गएको शरीर जस्तै मात्रै भए । यस प्रकारको अनन्त र अनुपम प्रेम कुनै पनि फूलको गुच्छा र दामी गहनाले उच्चारण समेत गर्न सक्तैन ।
बिहानको उज्यालो भूईंमा झर्नुअघि दस मिनेट हिँडेर माथि डाँडाको वरपिपलमा पानी हाल्न कहिल्यै नचुक्ने मेरी साथीकी आमा तीनदशक पहिले दिवंगत पतिको सम्झना गर्ने गर्नुहुन्थ्यो । स्वर्गे हुनु अगाडि उहाँका पतिले रोपेको वरपिपल उहांको घरै अगाडि भएको वरपिपल भन्दा केहि फरक नदेखिए पनि उहाँ सधैं दस मिनेट उकालो चढेर त्यहि वरपिपलमा जानु हुन्थ्यो । मायामा यति बल भरिदिने कुनचाहिं तिथि कसले तोकिदिएको थियो होला र ?शायद माया प्रेम भन्ने कुरा कुनै प्रतिबिम्ब होला । सानो वस्तुको छायाँ सानो, ठूलो वस्तुको छायाँ ठूलो , मोटो दुब्लो, होचो अग्लो सबैको छायाँ त्यही अनुरुप भए जस्तै माया या प्रेम हामी भित्र जति छ, जसरी छ, जसप्रति छ, त्यो प्रतिबिम्बित भएर व्यक्तिने नै होला । आफू भित्र रहेको अथाह माया या प्रेम सही समयमा सहि व्यक्ति प्रति व्यक्त गर्नका लागि बाहिरी बहानाहरुले प्रेरणा मात्र गर्ने हुन् । आफ्नो ह्रदयमा प्रेम छैन भने प्रेमै प्रेमको नदिमा चुर्लुम्म डुबे पनि, प्रेम दिवसका समारोहको मातले एक छिनको लागि बेहोसै भए पनि ओभानाको ओभानै अनि रित्ताको रित्तै भईन्छ । आफ्नो हृदयमा भरिने अलौकिक प्रेम आफैंबाट आरम्भ गर्नुपर्ने हुन्छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...