आध्यात्मिक प्रवचनकालागि भागवत वाचिका राधिका दासीजी इजरायलमा

प्रवचनको श्रवण गरी आघ्यात्मिक लाभ लिन इजरायलवासी नेपालीमा आग्रह

Published Date: February 15, 2018

 हिन्दु जागरण नेपाल अभियान इजरायलद्वारा महा-शिवरात्री तथा श्री स्वस्थानी ब्रतकथा समापन कार्यक्रमका अवसरमा  आगामी १६ फेब्रुवरी २०१८ शुक्रबारका दिन आयोजना हुदै गरेको  बृहत आध्यात्मिक प्रवचन कार्यक्रममा प्रवचन दिन भागवत वाचिका गुरुमाता राधिका दासीजी इजरायल आइपुग्नु भएको छ  ।

तेलअभिवको  सेन्टर वस स्टेसनको तेस्रो तल्ला स्थित एभरेष्ट डिस्को हलमा आयोजना गरिन लागेको सो आध्यात्मिक कार्यक्रममा भाग लिन गुरुमाता राधिका दासीजी आज अप्रहान्न करिब चार बजे  इजरायलस्थित अन्तर्राष्ट्रिय  वेन गुरियन विमानस्थल  आइपुग्नु भएको  हिन्दु जागरण अभियान इजरायलका महासिचव  सुवास थापाले जानकारी दिनुभयो  ।

इजरायलस्थित वेन गुरियन विमानस्थल  आइपुग्नु भएका आध्यात्मिक प्रवचक गुरुमाता राधिका दासीजीलाई आयोजक हिन्दु जागरण इजरायलकी अध्यक्ष सुमित्रा आचार्य भण्डारी , कार्यक्रम संयोजक राम गोपाल भण्डारी, संस्थाका महासचिव सुवास थापा,  संस्थाकी सदस्य कमला तिवारी पाण्डे, रन्जना केसी लगायतको टोलिले खादा तथा फुलगुच्छाले भव्य स्वागत गरेका थिए ।

गुरु माताको इजरायल आगमनसँगै शुक्रबार साँझ ६ बजे देखि शुरु हुने  उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएका छन् ।

इजरायल प्रवेशसंगै गुरुमाता राधिका दासीजीले प्रबासमा रहेर पनि यस्ता धार्मिक प्रबचन कार्यक्रम आयोजना गरिनु र त्यसमा आफु भाग लिन पाउनु आफ्नो लागि ठुलो अवसर रहेको बताउदै फेरी पनि सम्पुर्ण इजरायलबासि नेपालीहरुलाई भोलि आयोजना हुन गइरहेको दिब्य-दर्शन सत्संग तथा  प्रबचनमा  एकचित्त भएर  सबै संगै प्रबचनको आनन्द लिई आघ्यात्मिक लाभ लिन आग्रह गर्नुभएको छ ।

कार्यक्रमको पहिलो चरणमा श्री स्वस्थानी पुजा फुलपाती विसर्जन तथा महा-शिवरात्री पुजा गरिने छ भने कार्यक्रमको दोस्रो चरणमा गुरुमाता भागवत वाचिका राधिका दासजीका सु-मधुर बाणीद्वारा  बृहत धार्मिक प्रवचन श्रवण गर्न सकिने छ । यसका साथै कार्यक्रममा प्रबचनको  बीच-बीचमा मिठा-मिठा धार्मिक भजनहरु तथा नृत्य  प्रस्तुत गरिने छ । कार्यक्रममा इजरायलका बरिष्ट भजन गायक शिशिर खनालको  बाद्य-बादन सहितको  टोलीले मिठा-मिठा भाजनहरुको प्रस्तुतिले दर्शकहरुलाई थप मनोरंजन दिलाउने जानकारी सस्थाकी सांस्कृतिक ब्यबस्थापक प्रमुख युरिना उपाध्यायले जानकारी गराउनु भएको छ । त्यस्सै गरि कार्यक्रमको भोलिपल्ट शनिबारका दिन गुरुमाताका साथमा इजरायलको रमणीय स्थलहरु  मृतसागर लगायत बेत्लेखेम र कोतेलको भ्रमण राखिएको हुनाले भ्रमणप्रेमी मित्रहरुलाई यो ऐतिहासिक कार्यक्रममा सहभागी भइ सहयोग र साथ् दिनुहुन हिन्दु जागरण परिवार  हार्दिक आवहान गर्दछ ।

हिन्दु धर्मालम्बीहरुको बिशेष धार्मिक पर्व श्रीस्वस्थानी तथा माहाशिबरात्रीको अवसरमा आयोजना गरिने बृहत धार्मिक प्रवचनमा इजरायलबासि सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाई तथा बिभिन्न धर्मालम्बीहरु हिन्दु, बौद्ध, किराँत, बोम्पो जो कोहीले पनि आध्यात्मिक लाभ लिन सकिने आयोजकले बताएका छन् ।

तेलअभिभको  तखाना मार्कजित तेस्रो तला स्थित  एभेरेष्ट क्लबमा साँझ ६ बजे देखि सुरु हुने उक्त कार्यक्रममा आयोजकले कार्यक्रमलाई  भब्य बनाउन इजरायलमा हुनुहुने सम्पूर्ण इजरायलवासी मान्यजन तथा व्यक्तित्वहरु, सम्पूर्ण धार्मिक, सामाजिक तथा जातीय संघ-संस्थाहरु , अनलाइन मिडियाकर्मीहरु तथा इजरायलवासी सम्पूर्ण धार्मिक मनहरुमा सहयोग तथा  सहकार्यका लागि हार्दिक अनुरोध समेत गरेको छ  ।

भ्रमण स्थल   – मृत सागर , बेत्लेखेम र कोतेल ।

भ्रमण शुल्क   – १२०/- सेकेल मात्र ।

भ्रमणका लागि सम्पर्क नम्बरहरु :-

      १) ०५५-६६०८४१५

       २)  ०५४-७८५८७५२

        ३)  ०५५-९९१२६२५

         ४)  ०५८-६८१२०३५

          ५)  ०५४-६७५५४५४



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...