इजरायलमा गुरु माता राधिका दासीजीद्वारा आध्यात्मिक प्रवचन

Published Date: February 26, 2018

एन आई न्यूज इजरायल ।

“धर्मद्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप विरुद्द हाम्रो अभियान” भन्ने नाराका साथ इजरायलमा रहेका नेपालीहरुविच नेपालका प्राचिन धर्महरु हिन्दु, वौद्द, किराँत, वोन्पो, लगायका नेपाली  माटोका धर्म तथा संस्कृतिहरुको संरक्षण तथा सम्वर्धनको निम्ती लागि पर्दै आइरहेको  हिन्दु जागरण नेपाल अभियान इजरायलले आध्यात्मिक प्रवचक भागवत वाचिका राधिका दासीजीको उपस्थितिमा बृहत आध्यात्मिक प्रवचनको आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ ।

नेपालीहरुको महान पर्व महा-शिवरात्री तथा श्री स्वस्थानी ब्रतकथा फुलपाती विसर्जनलाई लक्षित गरी गत  १६ फेव्रुवरी शुक्रवार तेलअभिवको केन्द्रिय वसपार्कस्थित एउटा हलमा आयोजना गरिएको उक्त आध्यात्मिक प्रवचन कार्यक्रममा नेपालबाट आमन्त्रित प्रखर भागवत वाचिका राधिका दासीजीलाई विशिष्ट अतिथीको आशनग्रहण गराइएको थियो भने हिन्दु जागरण नेपाल अभियान इजरायलका संस्थागत गुरु भिम प्रसाद पौडेललाई गुरुको आशनग्रहण गराइएको थियो ।

पहिलो चरणमा श्री स्वस्थानी ब्रतकथा  फुलपाती विसर्जन पश्चात  नेपाली राष्ट्रिय गानको सुमधुर धुनसंगै  औपचारिक रुपमा शुरुवात गरिएको कार्यक्रममा कार्यक्रमका संयोजक राम गोपाल भण्डारीको  सभापतित्व रहेको थियो । एनआरएनए-एसिसी इजरायलका अध्यक्ष छिरिङ लामा शेर्पाको प्रमुख आथित्यता, प्रवासी नेपाली नागरिक समाज इजरायलका अध्यक्ष श्री कृष्ण भण्डारीको बिशेष आथित्यता रहेको उक्त कार्यक्रममा इजरायलमा रहेका विभिन्न सामाजिक संघ संस्थाका शिर्षस्थ व्यक्तित्व तथा प्रतिनिधिहरु, विभिन्न धार्मिंक तथा जातिय संघ संस्थाका प्रतिनिधिहरु, विभिन्न अनलाइन वेस न्यूज मिडियाका पत्रकारहरु लगायत उल्लेख्य भक्तजनहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्नुहुदै  प्रमुख अतिथी छिरिङ लामा शेर्पाले एउटा पवित्र उद्देश्य लिएर नेपालबाट आध्यात्म गुरुमाता राधिका दासीजीलाई आमन्त्रण गरी ज्ञानगुनका कुराकानीहरु सुन्ने अवसर प्रदान गरेकोमा हिन्दु जागरण नेपाल अभियान इजरायललाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । अध्यक्ष शेर्पाले  प्रवचनका क्रममा गुरुमाता राधिका दासीजीले उठाउनु भएको पशु हिंसाको  विषयमाथि जोड दिंदै गुरु माता दासीजीका  यस किसिमका सकारात्मक वाणीहरुबाट आफू प्रभावित भएको जनाउनुहुदै गुरुमाता दासीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्ने क्रममा  विशेष अतिथि श्री कृष्ण भण्डारीले सात समुन्द्र पारी पनि यसरी प्रख्यात आध्यात्मिक हस्तीहरुलाई आमन्त्रण गरी सद्वाणीहरु सुन्ने अवसर प्रदान गरिरहने हिन्दु जागरण नेपाल अभियान इजरायलप्रति हार्दिक आभार प्रकट गरेका थिए ।  भण्डारीले यहुदी राष्ट्र इजरायलमा कुनै समय सनातनीहरुको आस्थाको रुपमा श्रीसत्य साइ सेन्टरको स्थापना हुदा खुशी लागेको स्मरण गर्नुहुदै हिन्दु जागरण इजरायलको स्थापना र यसले गरेका गतिविधीहरुप्रति इजरायलवासी नेपालीहरुको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा प्रबचनको सिलसिलामा बोल्दै गुरुमाता  राधिका दासीजीले सनातन धर्म संस्कार, नेपाली मौलिकतामा नै नेपाली माया, ममता भेटिने भएकाले वैदिक सनातन धर्मलाई कुनै रुढीवादको रुपमा नहेरी आध्यात्म विज्ञानको रुपमा ग्रहण गरी लाभ लिन सम्पूर्ण सनातनीहरुलाई आह्वान गर्नुभएको थियो ।नेपालमा महिला शशक्तिकरण कमजोर हुनुप्रति इंगित गर्दै सृष्टिको उषाकालदेखि नै सनतान धर्ममा महिलाको आधिपत्य रहेकोमा पछिल्लो समयमा सामाजिक विकृतिकरणले महिलाहरुमाथि पुरुष हावी हुदा महिला हिंसामा तिब्रता आउदै गएको र धर्णमा पनि विकृति वढ्दै गएको बताउनुहुदै सम्पूर्ण सनातन नारी शक्तिलाई त्यसको विरुद्दमा  आवाज उठाउन हार्दिक आह्वान गर्नुभएको थियो ।

संस्थाकी अध्यक्ष सुमित्रा आचार्य भण्डारीले संक्षिप्त मन्तव्य राख्नुहुदै कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो ।

साँझ ७ बजे शुरु  भइ रातको करिब १२:०० बजे सम्म चलेको उक्त कार्यक्रममा संस्थाकी संस्कृति व्यवस्थापन प्रमुख युरिना उपाध्याय सहित  भजन गायक शिशिर खनाल र  माया  खनाल सहितको   टोलिले प्रबचनको बिच-बिचमा मिठा-मिठा भजन गाएर दर्शकहरुलाई नचाएका थिए भने प्रबचनकै उत्तरार्धमा सृजना वस्नेत र संस्थाका सदस्य हरी गैरेले  शिव झाँकी प्रस्तुत गरी कार्यक्रमलाई रौनकमय बनाएका थिए । त्यस्तै वाध्यवादनमा मगर संघ इजरायलका सदस्यहरु धनु काउचा मगर लगायको टिम रहेका थिए ।

त्यस्तै कार्यक्रममा संस्थामा रहेर प्रसंशनिय कार्य तथा सहयोग गर्नुहुने कार्यसमितिका सदस्यहरुलाई संस्थाले  प्रसंशा पत्र तथा कदर पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति राम गोपाल भण्डारीले  कार्य़क्रममा आफ्नो अमुल्य समय प्रदान गरी पाल्नुभएका सम्पूर्ण अतिथिहरु, सम्पूर्ण भक्तजनहरु लगायत कार्यक्रम सफल गराउन अहोरात्र खटिनुहुने संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु पानी, जुस, प्रसादी लगायतका सामाग्रीहरु तयार गर्ने र उपलव्ध गराउनुहुने सम्पूर्ण समाजसेवीहरुलाई  धन्यवाद ज्ञापन गर्दै  कार्यक्रम समापन गर्नुभएको थियो ।

कार्यक्रमको संचालन संस्थाका गुरु भिम प्रसाद पौडेल र संस्थाकी सचिव देवी कोइरालाले गर्नुभएको थियो ।

त्यसै गरि शनिबारको दिन संस्थाले गुरु माताजिको साथमा करिब ५३ जनाको उपस्थितिमा डेड सी तथा बेत्लेखेमको रमणीय भ्रमण कार्यक्रम गरेको थियो  ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...