इरान विश्वका लागि सबैभन्दा ठूलो खतरा – इजरायली प्रधानमन्त्री नतान्याहु

Published Date: February 18, 2018

एजेन्सी, १८ फेव्रवरी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरान विश्वका लागि सबैभन्दा ठूलो खतराको रुपमा उभिएको  बताएका छन् । म्युनिखमा आयोजित सेक्युरिटी सम्मेलनमा इरानविरुद्ध कडा अभिव्यक्ति दिदैं उनले इरानी नेतृत्वलाई इजरायलमा ‘आतंकवादी नाक घुसाउन’ नदिने प्रष्ट पारे ।

प्रधानमन्त्री नेतन्याहुले सोही सम्मेलनमा सहभागी इरानका विदेशमन्त्री मोहम्मद जावेद जरिफमाथि इरानको नेतृत्वको वाकपटु प्रवक्ता भन्दै गम्भीर आरोप समेत लगाएका थिए । प्रम नतान्याहुले सेनाद्वारा नष्ट गरिएको कथित इरानी ड्रोनको एक टुक्रा देखाउँदै इरानी विदेशमन्त्रीतर्फ लक्षित गर्दै भने, ‘के यो टुक्रा तपाई चिन्नुहुन्छ रु तपाईले चिन्नुपर्ने हो, किनकी यो तपाईहरुकै हो । हाम्रो परीक्षा नलिनुस् ।’

नेतन्याहुका अनुसार इरानले इजरायली क्षेत्रमा पठाएको ड्रोन इजरायली सेनाले खसालेका थिए । तर इरानले त्यसलाई अस्वीकार गर्दै आएको पनि उनको भनाइ थियो । प्रमाणस्वरुप आफूले ड्रोनको अवशेष ल्याएको उनले बताए ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...