फागुन १५ गते मंगलबारको राशिफल

Published Date: February 27, 2018

मेष : घरजग्गा जोड्ने अवसर मिल्नेछ । धार्मिक आस्था बढ्नेछ । यात्राको अवसर मिल्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । निर्णय लिने क्षमता बढ्नेछ ।

 

बृष : अध्ययनमा सफलता मिल्नेछ । बौद्धिकताको प्रशंसा हुनेछ । मन प्रसन्न रहनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । रमाइलो यात्रा हुनेछ ।

मिथुन : आत्मविश्वास घट्नेछ । आफन्तजन भेट हुनेछन् । आर्थिक लाभ मिल्नेछ । नयाँ व्यवसायको थालनी हुनेछ । यात्राको अवसर मिल्नेछ ।

कर्कट : व्यवसायमा अवरोध आउनेछ । बोलीको आलोचना हुनेछ । चोटपटक लाग्न सक्छ । काममा बाधा हाल्नेहरू सक्रिय हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह : बोलीको आलोचना हुनेछ । आत्मविश्वास घट्नेछ । शत्रुले काममा बाधा हाल्नेछन् । कानुनी झमेलामा फस्ने सम्भावना छ । आर्थिक कारोबारमा विचार पुर्‍याउनुहोला ।

कन्या : अध्ययनमा सफलता मिल्नेछ । कामको प्रशंसा हुनेछ । व्यापारमा लाभ मिल्नेछ । आकस्मिक भेटघाटमा मन रमाउनेछ । आफन्तको सहयोग मिल्नेछ ।

तुला : स्वास्थ्यमा समस्या आउनेछ । कानुनी झमेलामा फस्न सकिनेछ । बोल्दा विचार पु¥याउनुहोला । चिसोको समस्या देखा पर्नेछ । कुटुम्बले विरोध गर्नेछन् ।

बृश्चिक : आलोचनाको सामना गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा बाधा आउनेछ । अध्ययनमा विशेष सफलता मिल्नेछ । आकस्मिक धनलाभ मिल्नेछ ।

धनु : सामाजिक प्रतिष्ठा बढ्नेछ । कामको प्रशंसा हुनेछ । मन प्रसन्न रहनेछ । धार्मिक कार्यमा मन जानेछ । सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला ।

मकर : मन प्रसन्न रहनेछ । कामको सही मूल्यांकन हुनेछ । आकस्मिक धनलाभ हुनेछ । अध्ययनमा रुचि बढ्नुका साथै प्रेममा सफलता मिल्नेछ ।

कुम्भ : प्रियजनको सहयोग प्राप्त हुनेछ । यात्राको अवसर मिल्नेछ । व्यापारमा उन्नति हुनेछ । पराक्रम बढ्नेछ । मिष्ठान्न भोजन हुनेछ ।

मिन : बोलेर सजिलै अरूको मन जित्न सकिनेछ । मिष्ठान्न भोजन हुनेछ । साथीभाइको सहयोगले नयाँ कार्य थालनी हुनेछ । अग्निबाट सावधान रहनुहोला । धन सञ्चित गर्न सकिनेछ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...