कुसल नेतृत्व एवम्  सफल ब्यवसायी विनोद खरेल

Published Date: February 27, 2018

  भीम प्र. अधिकारी, काठमाण्डौ । सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवा रुपन्देहीमा चुनावी सरगर्मी बढेको छ । संघको विभिन्न पदका लागि विभिन्न प्रतिष्ठित ब्यक्तित्वहरुको प्रतिस्प्रधा हुने देखिएको छ ।

उक्त संघको चुनाबमा युवा तथा सफल ब्यवसायी विनोद खरेल पनि वाणिज्य तर्फको उपाध्यक्ष पदको लागि प्रतिस्पर्धामा छन् । खरेल जागरुक एवम् जिम्मेवारी बहन गर्न सक्ने क्षमतावान ब्यक्ति हुन । उनले आफ्नो क्षमता लायन्स क्लव अफ सिद्धार्थनगरको अध्यक्ष पदमा रहदा लायन्स क्लवको आफ्नै भवन करिव ९ महिनामै निमार्ण सम्पन्न गरी आफ्नो क्षमता देखाई सकेका छन ।

सामाजिक कार्य गर्न रुची राख्ने खरेलले विभिन्न सामाजिक संंस्थालाई आर्थिक, भौतिक सहयोग समेत गरेका छन । खरेल भन्छनः यसपाली सिद्धार्थ उधोग बाणिज्य संघको ५९औ साधरणसभामा बाणिज्य तर्फबाट उपाध्यक्षमा उम्मेद्बारी दिने निर्णय गरेको छु। यहाँहरुको साथ र समर्थन प्राप्त भैइ बिजय भएमा नगरकै गहनाको रूपमा रहेको संघको हल हाल सम्म पनि निर्माण सम्पन्न नभएको हुँदा म स्वयं यसको संयोजक मागी मेरो संयोजक्त्तोमा संघको भवन निर्माण कार्य यथाशिग्र सम्पन्न गर्ने मेरो प्रमुख लक्ष्य हुनेछ भनी यहाँहरु समक्ष प्रतिबद्धता व्यक्त गर्दछु भनि सार्बजनिक रुपमै अठोट गरेका छन् ।

सिद्धार्थ उद्योग बाणिज्य संघको ५९औ साधरणसभा यहि फाल्गुन २६ गते हुदै छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...