मास्कमाण्डुबाट काठमाण्डौं बनाउने ‘कडा लालबाबु’को यस्तो योजना

Published Date: February 27, 2018

काठमाडौँ, १५ फागुन । जनसंङख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने तत्वहरुमाथि कडाई गर्न विभिन्न कार्यक्रम अघि बढाएका छन् ।

उनले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बाहिर गएर आयात गरिएका सामानहरुमा समेत प्रतिबन्ध लगाउने तयारी भइरहेको भन्दै अब आयात हुने सामानको ल्याब परिक्षण गरी तोकिएको मापदण्ड अनुरुपा मात्र नेपाल भित्रिने उनले दाबी गरे ।

यस्तै उनले बैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर हुनेले मात्र सवारी साधन चलाउन पाउने बताए ।

रफ्त संचार क्लबको आयोजना भएको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डिले हरियो स्टिकर टालेको सवारी साधन समेत प्रदुषणमय भेटिएकोले अब त्यस्ता सवारी साधन परिक्षण गर्ने कर्मचारीको नाम समेत उल्लेख गरिने र चेकिङ भईसकेको सवारी प्रदुषणमय भेटिए सवारी धनी र कर्मचारीलाई पनि कारवाही गरिने बताए ।

त्यस्तै वातावरणको ख्याल नगरि कानुन मिच्दै सिमित व्यक्तिले फाईदा लिदै संचालनमा ल्याईएको इटा भट्टालाई पनि वातावरणमैत्री बनाउने र गलत रहेकोलाई तत्कालै कानुनको दायरामा ल्याउने तयारी गरेको बताए ।

विश्वको पाँचौ प्रदुषण भएको राजधानीको रुपमा परिचित काठमाडौंलाई अबको एक वर्षमा मास्कमाण्डुबाट पुन काडमाडौं बनाउन आफु अग्रसर भएको बताए । उनले काठमाडौंको वातावरण अनुसार न्युनतम २५ सय देखि ३ हजार रुपैँयाको मास्क अनिवार्य आवश्यकता रहेको बताउँदै बजारमा पाईने मास्क मनको सन्तुष्टिको लागि मात्र प्रयोग भईरहेको जिकिर गरे ।

उनले यस अघि बातावरणको मापदण्ड पूरा नगरी संचालन गरिएको ११ बटा उद्योगलाई कारबाहि गरिसकेका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...