प्रम ओली र एमाओवादी अध्यक्ष प्रचण्डको घरमा वारेन्ट पूर्जी टाँस्ने विप्लव पार्टीको चेतावनी

Published Date: March 2, 2018

काठमाडौँ, १८ फागुन ।  अर्ध भुमिगत रुपमा रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ विरुद्ध प्रहरीले वारेन्ट जारी गरेको सार्वजनिक भएपछि उनको पार्टीले कडा प्रतिक्रिया दिएको छ । विप्लवको पार्टी नेपाल कम्युनिष्ट पार्टीले एउटा विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्री ओली तथा  र माओवादी केन्द्रका अध्यक्ष प्रचन्ड विरुद्ध नै पार्टीले पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले हस्ताक्षर गरेको सो विज्ञप्तिमा सरकारले चोरलाई चौतारो र साधुलाई सुली गर्ने हो भने सबैभन्दा पहिले प्रधानमन्त्री ओली र प्रचण्डविरुद्ध वारेन्ट पुर्जी टाँसिने कुरा उल्लेख गरिएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ – ‘ओली सरकारले चोरलाई चौतारा र साधुलाई सुली गर्ने हो भने जनयुद्धमा अपराधी सावित भएका जनअपराधीलाई अहिले सञ्चालन भइराखेको जनसत्ताको जनअदालतले कारबाहीको सुरुवात गर्नेछ ।” भन्दै अगाडि भनिएको छ –  सबैभन्दा पहिले जनअदालतले वारेन्ट पूर्जी केपी ओलीको घरमा टाँस्नेछ ‘, विज्ञप्तिमा भनिएको छ ।
‘१० वर्षको जनयुद्ध, यसका उपलब्धि, हजारौ जनयुद्धका सहिदको रगत र नेपाली क्रान्तिविरुद्ध अपराध गरी दलाल संसदवादको पुच्छर बनेर हाम्रो पार्टी, क्रान्ति र नेपाली जनताविरुद्ध साम्राज्यवादीको निर्देशनमा दमनमा उत्रने प्रचण्डको घरमा पनि वारेन्ट पूर्जी टाँसिनेछ ।’



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...