माग्ने बुढा किन खुशी भए?

Published Date: March 3, 2018

चर्चित भारतीय नायक सलमान खानको आज हुने भनिएको कार्यक्रममा स्थगित भयपछि विभिन्न प्रतिक्रिया हरु आइरहदा माग्ने बुढा केदार प्रसाद घिमिरे पनि खुशी भएको कुरा सामजिक संजालमा भाइरल भयको छ।हेर्नुहोस उहाँको status:

इजरायल जाॅदा दिल्लीमा मलाई दाही काट्न दिइएको दबाब, सुदुरपश्चिमका जनताले भारतमा काम गरेर फर्कदा बोर्डरमा सहेको हेपाइ, कपिल आॅउदा जितु नेपालको अपमान ,सिमाना मिचाई, बेला बेला नेपाल छिरेर गर्ने उपद्रो आदि हेर्दा सलमानको कार्यक्रम स्थगित नै भएपनि धेरै दु:ख नमाने हुने देखिन्छ । हामीसंग पनि अनमोलहरू छन । नोट: नेपालमा पहिलो प्राथमिकतामा नेपाली कलाकार हुनुपर्छ, नेपाली गीत सँगीत पहिलो प्राथमिकतामा हुनुपर्दछ, नेपाली मिडियामा आउने बिज्ञापनमा नेपाली मोडेल हुनुपर्दछ, नेपालमा जन्मिने बच्चाले पहिलो शब्द “आमा” नै बोलुन, मदर, माॅ वा मम् नबोलुन । भाषा सकियो देश सकियो । (सुकिलो लुगा लगाएकी पल्ला घरकी आमा भन्दा झुत्रो लुगा लाएकी आफ्नै आमा प्यारी) ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...