२५ लाखको लट्री परेको भन्दै IMO बाट ठगी गर्ने पक्राउ

Published Date: March 3, 2018

अर्घाखाँची १९ फागुन ।  पछिल्लो समयमा इन्टरनेट सामाजिक सञ्जाल मार्फत ठगिने क्रम झनपछि झन वढ्दै गइरहेको छ । पछिल्लो पटक यसको शिकार वन्न पुगेका छन् भूमिकास्थान नगरपालिका वडा नं ७ स्थायी बसोबास गर्ने सुनिल परियार । परियार  सामाजिक सञ्जाल इमोमार्फत  ठगिन पुगेका हुन् ।

रोजगारीको सिलसिलामा युनाइटेड अरब दुबईमा रहेका प्रताप रानाले गत फागुन १० गते परियारलाई रु २५ लाख लट्री परेको छ भनी IMO मार्फत जानकारी गराएका थिए । रानाले परियारलाई   लट्री परेको जानकारी गराउदै नागरिकताको फोटोकपी पठाउन भन्दै बैंकको खाता नम्वर मागेका थिए ।

उनीहरुविच सबै कुराकानी भइसकेपछि सोे पैसा प्राप्त गर्न कर वापत केही रकम पठाइदिन भनेपछि परियारले विश्वास गरी आइएमइमार्फत रु ३६ हजार रुपन्देहीका शैलेन्द्रकुमार बहराईलाई पठाइदिए । गत बिहीबार अपराह्न ३ बजेतिर साथी बचत तथा ऋण सहकारी संस्थामार्फत आइएमइ गरेको एक घण्टापछि रु २५ लाख प्राप्त गर्नका लागि रु ७५ हजार पठाउन भनेपछि परियार दोधारमा परे । उनले दाजु रमेशलाई सो कुरा बताएपछि आफू ठगिएको थाहा पाए । उनका दाजुले पैसा नपठाउन आग्रह गरे । पहिला आफू ठगिएको थाहा पाएपछि अर्को दिन आफूले पठाएको रु ३६ हजार कसरी पाउन सकिन्छ भन्दै दुई भाइ रुपन्देही गए ।

इलाका प्रहरी कार्यालय लुम्बिनीमा शैलेन्द्रकुमारको नाममा ठगीको जाहेरी दर्ता गरेपछि प्रहरीले बहराईलाई पक्राउ गरी रकम असुली गरेको छ । जाहेरी दिएको २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी सहायक निरीक्षक विजय धवालले साधारण पोशाकमा प्रहरी पठाई ठगी गर्ने भनिएका बहराईलाई पक्राउ गरे । इलाका प्रहरी कार्यालयमा पक्रिएर ल्याइसकेपछि हिरासतमा राखेर ठगी गरेको रु ३६ हजार असुल भएकोे छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...