डिस्लाइक पाउने गायिका

Published Date: March 4, 2018

सामाजिक सञ्जालमा यतिबेला एउटी गायिकाको खेदो खन्न थालिएको छ । उनी हुन् नवोदित गायिका– मिना ढकाल । व्यंग्यकार मनोज गजुरेलसँग डिभोर्स गरेपछि अचानक सेलिब्रेटी बनेको अनुभव गरिरहेकी ढकालले गायनमा आफ्नो करियर प्रारम्भ गर्ने योजना बनाएकी छिन् । त्यसका लागि उनले संगीतकार राम थापाको निर्देशनमा ‘आँखा जुध्यो…’ शीर्षकको एउटा गीत पनि रेकर्ड गराइन् ।

मीनाले उक्त गीत रेकर्ड गराइरहेको भिडियो युट्युबमा अपलोड गरिन् । यद्यपि उक्त भिडियोले युट्युबका दर्शकहरूलाई निराश बनायो । फलस्वरूप मीनाको गायनसहितको उक्त भिडियोले लाइकभन्दा डिस्लाइक बढी पायो ।

गत आइतबार उक्त गीतको म्युजिक भिडियो नै सार्वजनिक भयो । उक्त भिडियोले पनि डिस्लाइक नै बढी पायो । भिडियोमा अभिनयसमेत गरेकी मीनाको उक्त गीतमा अधिकांशले ‘यसो गर्न नपाएर पो डिभोर्स गरेकी रै’छिन्’ भन्ने टिप्पणी गरेका छन् । त्यसका अलावा सामाजिक संजालमा मिना ढकालको पुरा गीत सुन्न सक्ने व्यक्तिलाई पुरस्कार दिने भनि ब्यङ्ग पनि गरिएको थियो।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...