क्यानडामा हुन गई रहेको बहु सांस्कृतिक कार्यक्रममा नेपाल पनि सहभागिता हुदै ।

महोत्सवमा नेपालको पर्यटकिय क्षेत्र, बिभिन्न जातजातिका कला- संस्कृति र नेपाली परिकारको पनि प्रर्दशन गरिने

Published Date: March 5, 2018

क्यानाडा । विगत २ बर्ष देखी क्यानडाको ओन्टारियो शहरमा बहु सांस्कृतिक तथा व्यापरिक मेलामा सहभागिता हुदै आईरहेको नेपाल पर्यटन वोर्ड क्यानडाले यस बर्ष पनि सहभागिता जानाउने भएको छ ।सो महोत्सवमा नेपालको पर्यटकिय क्षेत्र, बिभिन्न जातजातिका कला- संस्कृति र नेपाली परिकारको पनि प्रर्दशन गरिने§  त्यहाँबाट पर्यटन दुत नर बहादुर टन्डनले जानकारी गराएका छन ।


गत बर्ष नेपालको कला संस्कृतिलाई मन पराएर ब्राम्टन नगर पालिकाले नेपालको संस्कृतिलाई उत्तम मानी पहिलो प्राथमिकता दिएको थियो ।
स्मरण रहोस यस कार्यलाई उच्च स्थानमा पुर्याउन, उत्तर अमेरिकाका सांस्कृतिक दुत पुर्ण नेपाली लगायतकाले महत्वपूर्ण भूमिका निभाउनु भएको थियो ।
उक्त मेलामा विश्वबाट करिब ७५ देशको सहभागिता रहेको सो कार्यक्रममा ४ लाख बढी दर्शकहरुको जनसहभागिता रहेको थियो भने करिब १६ हजार भन्दा बढी दर्शकहरुले नेपाली स्टलको अवलोकन गरेका थिए र अवलोकन कर्ताहरुले नेपाल र नेपालीको कला संस्कृति प्रति मोहक भई प्रसंसा समेत गरेका थिए ।
ईच्छुक नेपाल घुम्न जान चाहने व्यक्तिहरुलाई १५% छुट पाउने ब्यवस्था सम्म गरिएको थियो र सो कार्यलाई निरन्तरता दिईने छ र आगामी दिनमा क्यानडाको बिभिन्न सहरहरुमा हुने यस्ता कार्यक्रमहरु गर्नाले नेपालको पर्यटन विकासमा उल्लेखनिय टेवा पुग्ने थियो ।
साथै विगत ५ वर्ष देखी पर्यटन दुत नर वहादुर टन्डनले ब्यक्तिगत लागतमा नेपाल को पर्यटन विकासको  लागी निरन्तर रुपमा निस्वार्थ भावले आफ्नो तर्फबाट ससक्त भुमिका निभाउदै आउनु भएको छ । नर बहादुर टन्डनले जस्तै अरु व्यक्तिहरुले पनि आआफ्नो तर्फबाट सक्दो सहयोग गर्ने हो भने नेपालको पर्यटन क्षेत्रको तिब्र विकास हने कुरामा दुईमत हुने थिएन ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...