श्रीलंकामा मुसलमानविरुद्धको दङ्गाका कारण सङ्कटकाल

Published Date: March 7, 2018

कोलोम्बो, २३ फागुन । श्रीलङ्कामा मुसलमानविरुद्ध बौध्द धर्मालम्वीहरुद्वारा शुरु भएको दङ्गामा परी दुई मुसलमानको मृत्यु भएपछि मङ्गलबार राष्ट्रव्यापी रूपमा सङ्कटकालको घोषणा गरिएको छ ।

पर्यटकका लागि प्रख्यात पहाडी इलाकामा रहेका घरहरूमा भएको आगजनीका कारण दुई व्यक्तिको मृत्यु भएको थियो ।

बौद्ध धर्मावलम्बीहरूको बलियो प्रभाव रहेको शहर कान्डीका मुसलमानहरूविरुद्ध दङ्गा शुरु भएपछि प्रहरीलेसमेत नियन्त्रण गर्न नसकेको बताइएको छ । कान्डी शहरमा ठूलो संख्यामा सशस्त्र प्रहरी कमाण्डोहरू तैनाथ गरिएको र रातभरीका लागि क्फ्यु आदेश जारी गरिएको छ ।

जलाइएको भवनबाट २४ वर्षीया मुसलमान युवकको शव निकालेपछि मङ्गलबार प्रहरीले दुई दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ ।

मुसलमानहरू बौद्ध धर्मावलम्बी समुदायबीच भएको एक विवादका क्रममा भएको झडपमा बौद्ध धर्मावलम्बी पुरुष सख्त घाइते भएका थिए ।

उपचारका क्रममा उनको मृत्यु भएको थियो । सोही समयदेखि नै दुई समूहबीच तनाव शुरु भएको थियो ।

दुई करोड १० लाख जनसंख्या रहेको श्रीलंकामा  ७० प्रतिशत बौद्ध धर्मावलम्बी रहेका छन् भने, नौ प्रतिशत मात्र मुसलमान समुदाय रहेका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...