मोदीको अघि ‘श्री’ नलगाउदा सात दिनको तलव चैट

Published Date: March 7, 2018

काठमाडौं, २३ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अघि श्री भन्न भुल्दा भारतीय सीमा सुरक्षा बल बिएसएफका एक जनावलाई महँगो साबित भएको छ ।

एक औपचारिक कार्यक्रममा प्रम मोदीको नामको अघि श्री भन्न भुलेपछि उनको सात दिनको तलब गुमाउनु परेको छ । गत फेब्रुअरी २१ मा बंगालको नादियाको महतपुरमा रहेको बिएसएफको १५ औँ बटालियनको मुख्यालयमा परेड चलिरहेको थियो ।

परेड भइरहेका बेला जवान संजीव कुमारले रिपोर्ट दिने बेला ‘मोदीको कार्यक्रम’ भन्ने वाक्य प्रयोग गरे ।

उनले मोदीको अगाडि श्री लगाएनन् । उनलाई बिएसएफले आफ्नो नियमको धारा ४० अनुसार दोषी ठहर गर्दै सजाय स्वरुप सात दिनको तलब काटिएको हो ।

धारा ४० अनुसार उनलाई राम्रो व्यवहार र सेनामा अनुशासन कायम गर्न सफल रहेको भन्दै कारवाही गरिएको हो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...