नारी दिवस बिशेष-मानक सामाजिक अभियान्ता सबिता उप्रेती

अटिजम बालबालिकाहरुको खुशीमा जीवन खोज्दै -सविता

Published Date: March 7, 2018

काठमान्डौ । दोलखा जिल्लाको बैतेश्वर गाउपालिका ६ मा जन्मिएकी सबिता उप्रेती आजको युवा पुस्ता  माझमा छुट्टै पहिचान बनाउन सफल एक मानक युवा सामाजिक अभियान्ता हुन । सजिलो काम त जो कोहिले पनि गर्छन अनी समाज सेवा पनि आ-आफ्नु तर्फबाट जो कोहिले गरेकै हुन्छन तर सबिता उप्रेतिले जुन सेवा रोजेकी छन अटिजम बालबालिकाको सेवा, त्यो आँफैमा महान छ अनी धेरै चुनौतिपूर्ण छ जुन जो कोहिले आट गर्न सक्दैन । तपाई हामी पनि हाम्रै छरछिमेक कुनै बालबालिकालाई बाधेर या थुनेर राखेको देख्दै आएका छौ | हाम्रो समाजमा अटिजमको बारेमा उचित ज्ञान नहुदा अनाहकमा त्यस्ता बालाबालिकाहरु पशु सरहको जीवन जिउदै आएका छन् | एक तथ्यांक अनुसार हरेक ६८  जना बालबालिका मध्ये एक जनालाइ यस्तो समस्या देखिने गरेको छ | राष्ट्रिय अपाङ्गकोषको शारिरीक पुर्नस्थापना केन्द्रमा अधिकृतको रुपमा काम गर्ने शिलशिला फिल्डमा जादा उप्रेतीले धेरै ठाउमा बालबालिकालाई थुनेर , बाधेर राखेको देखे पछि २०६८ साल चैत देखि काठमाण्डौको पेप्सीकोलामा ”विशेष स्कुल तथा पुर्नस्थापना ( एस. एस. डि .आर. सी.} केन्द्र खोलेर अटिजम बालबालिकाहरुको  लागि काम गर्दै आएकी छिन | आफ्नु सारा जीवन बिर्षिएर दिन रात नभनी  दत्त चित्त साथ   यिनै बालबालिकाहरुको खुशीमा आफ्नु खुशी खोजिरहेकी हुन्छिन । हाल उक्त संस्थाले ४० जना बालाबालिकालाई सेवा प्रदान गरिरहेको छ | स्थापना काल देखि ४ सय ८० जना बदिलाई सेवा प्रदान गरिसकेको छ | घरको आर्थिक स्थिति सवल नहुदा नहुदै पनि परिवारसंग आफ्नो बिहेमा दाईजोमा दिने पैसा मागेर संस्था सुरु गरेकी थिइन् | संस्था स्थापना गरे देखि हालसम्म गरेका संघर्षमा नजिक रहेर उप्रेतीसंग गरेको कुराकानी :-

1.एस. एस. डि .आर. सी. संस्थाको स्थापना कसरी भयो ?

मैले राष्ट्रिय अपाङ्गकोषको शारिरीक पुर्नस्थापना केन्द्र जुन समाज कल्याण परिषदको मातहतमा रहेको छ,उक्त केन्द्रको ब्यबस्थापन अधिकृतको रुपमा काम गर्ने मौका पाएको थिए | त्यहि काम गर्ने क्रममा अपाङ्गता भएको व्यक्तिहरुसंग नजिकिने मौका पाए र उहाहरुको आट र शाहस देखेर म प्रेणित भए | म कामको शिलशिलामा फिल्डमा जादा धेरै ठाउमा बालबालिकालाई थुनेर , बाधेर राखेको देखे | यसरी दिन भरि एकै ठाउमा थुनिएर , बाधिएर बस्नु पर्दा मानसिक तनाव त्यस माथि भोकाएर आफ्नै दिशा . पिसाब खाएको मेरै आखाले देखे पछि सक्नेहरुलाई त बाटो देखाई दिए पछि आफै सजिलै आत्मनिर्भर हुन् सक्छन तर आफै केहि गर्न नसक्नेहरुलाई पो हामीले केहि गर्नु पर्छ भन्ने लाग्यो र त्यसरी थुनिएर , बाधिएर राखिएका बालबालिकालाई बन्धनबाट मुक्त गराएर उचित स्वास्थ उपचार तथा थेरापीहरु र शिक्षा दिने उदेश्यले संस्था खोलिएको हो | मलाई घरको जिम्मेवारी त छदै थियो | त्यस माथि मेरै बिद्यार्थी जीवन धान्न मुश्किल थियो तर मैले मेरो परिवारलाई पछि मेरो बिवाह हुदा दाईजो दिनु पर्देन दाइजोको रुपमा दिने पैसा अहिलेनै दिनुहोस भनेर जुटाएको सानो रकमले दुई जना अटिजम बच्चाबाट मैले एस. एस. डि .आर. सी. शुरु गरेकी हु |

2.अटिजम  (Autism) के हो?

अटिजम जन्मजात हुने नशा र तन्तुको बिकासको क्रममा भएको असमानता एउटा रुप हो |जस्लाई ‘ Neuro development disorder ‘ भनिन्छ | अटिजम भएको व्यक्तिमा संचार विचलन , सामाजिक रुपमा घुलमिल हुन् कठिनाई तथा एउटाै कृयाकलाप दोर्यौउने जस्ता मुख्य तिन समस्या अटिजम भएको व्यक्तिमा हुने गर्दछ | उनीहरुमा रहेको ईन्द्रियहरुको उतारचदावको फलस्वरुप अटिजम भएका व्यक्तिहरुले भिन्दै खालको प्रतिक्रिया देखाउछन | जुन हाम्रो समाजमा अमील्दो र असामान्य व्यवहारको रुपमा देखा पर्दछ | अटिजम कुनै रोग होईन | यो एउटा अवस्था हो | जुन जीवनभर रहिरहन्छ तर अटिजम भएका केहि व्यक्ति बौद्धिक क्षमता अपाङ्गता भएका ब्यक्रिहरुको भन्दा बदि भएको पाईएको छ |

3.तपाइले एस एस डि आर सि मा अटिजम बालबालिका शिक्षा र थेरापी को लागी  आर्थीक  ब्यवस्थापन कसरी गर्दै आउनु भएको छ ?

अहिलेसम्म संस्थाको नियमित स्रोत छैन | स्थापनाकाल देखि नै संस्थाले आर्थिक संकट झेल्दै आईरहेको छ | संस्था चलाउन सहकारीबाट ऋण लिएर , साथीभाईसंग सापटी लिएर चलाउदै आएको अवस्था छ | आर्थिक रुपमा सवल हुनु हुने केही अभिभावकहरुले मासिक रुपमा सहयोग गर्नु हुन्छ | अनाथ , आर्थिक रुपमा कमजोर भएका , सुकुम्बासी र अटिजम भएकै कारण घर परिवारले निकाली दिएका बालबालिकाको निशुल्क शिक्षा , स्वास्थ्य, थेरापीहरु तथा   खानको व्यवस्थाको साथै लत्ताकपडाको पनि व्यवस्थापन गर्दै आईरेहका छौ | केही स्वदेश तथा बिदेशमा रहनु भएका मनकारी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले संस्था भिजिट गरेर स्वईच्छाले सहयोग गर्नु हुन्छ | गत वर्ष देखि १६ वर्ष भन्दा माथिका किशोरीहरुलाई सिपमुलक तालिम दिएर हाल उनीहरुले कृष्ट्रलबाट बनाएका गहना , चुरा , बेचेर केहि मात्रामा राहत मिले पनि संस्था आर्थिक संकटबाट नै गुज्रिरहेको छ |

4.संस्था चलाउदा विभिन्न कठिनाई र समस्याहरु पनि आउछन होलान नी ?

संस्था चलाउदा विभिन्न कठिनाइ र समस्याहरु त आईहाल्छन नै त्यसलाइले मैले स्वाभाविक रुपमा लिने गरेकी छु | एउटा घर चलाउन त कति गाह्रो हुन्छ | सामाजिक संस्था चलाउन चुनौतीहरु त पक्कै छन् | यो क्षेत्रमा अनुभवी तथा दक्ष जनशक्तिको अभाव त छदैछ त्यसै माथि आर्थिक भार पनि छदैछ |

5.तपाई यो उमेरमा नै निस्वार्थ रुपमा समाज सेवामा लाग्नु भएको छ | कस्तो अनुभव गर्दै हुनुहन्छ?

समाजसेवा गर्ने भनेको आत्मसन्तुष्टिको लागि हो | अटिजम बालबालिकासंग काम गर्दा मलाई आत्मसन्तुष्टि त मिलेको छ नै त्यो भन्दा ठुलो कुरा अटिजम बालबालिकाबाट नया जीवन पाएकी छु | आफुलाई परिवर्तन गर्ने र जीवनको अर्थ बुझ्ने मौका पनि पाएकी छु | यहाँ आफ्नै लागि बाच्न त गाह्रो छ |

  1. अरुको भलाईको लागि जीवन समर्पित गर्दा कस्तो लाग्छ?

आफ्नो लागि त जो पनि बाचेकै हुन्छ | मानव भएर जन्मे पछि समाज आफ्नो परिचान खोज्ने होईन आफ्नो परिचान आफै बनाउने हो | आफु भन्दा अशक्त दिन दु:खीहरुको लागि आफ्नो तर्फबाट थोरै भए पनि सहयोग गर्न सके आफु जन्मेको सार्थकता हुन्छ जस्तो लाग्छ मलाई | एस. एस. डि .आर. सी. मार्फत हिडन नसक्ने बच्चा हिडन थाल्दा , बोल्न नसक्ने बच्चा बोल्न सुरु गर्दा अनी असामान्य व्यबहार गर्ने बालबालिकाहरु सामान्य व्यबहार गर्न थाल्दा मैले सारा दुखहरु बिर्सन्छु | त्यति बेला मलाइ जुन खुसी मिल्छ त्यो खुसी पैसाले कहा किन्न सकिन्छ र ?

  1. समाज सेवामा लागेर जीवन देखि सन्तुष्ट हुनुहुन्छ?

जिन्दगीका धेरै चुनौती , समस्या , कठिनाईहरुसंग संघर्ष गर्दै अटिजम बालबालिकाको लागि काम गर्न पाउदा मैले धेरै चिज पाएकी छु | केहि पनि गुमाएकी छैन | मलाई मेरो जिन्दगीसँग कुनै गुनासो छैन न त कुनै पछुतो बरु मैले जीन्दगी नया उर्जा पाएकी छु |

8.तपाईंले समाजमा अरुले गरेको भन्दा फरक,चुनौती पूर्ण अझ भनौ राज्यको पहिचाहन र सहयोगमा नपरेका बालबालिकाहरुलाई नयाँ जीवन दिनको लागि जुटिरहनु भएको  यो महान कायलाई समाज र राज्यले कसरी हेरेको महशुस गर्नु भएको छ ?

सुरु सुरुमा त सबैजनाले हौसला दिने भन्दा पनि निरुत्साहित गर्नेहरु बढी थिए अनी मेरो कामलाई विश्वास पनि कम मिल्थ्यो । राज्यले त झन विश्वाश नै गरेको थिएन तर मेरो परिवार को राम्रो साथ पाए । अर्को कुरा मैले समाज र राज्यलाई  खुशी  राख्न यो काम रोजेको होइन । मैले अटिजम भएका बालबालिकाहरुलाई मेरो संस्थामा दिनभरी खुशीसँग बस्न, खेल्न र पढ्नको लागि एउटा अवसर प्रदान गरी उहाहरुको प्रतिभाको प्रष्फुटन गराउन मनले रोजेको कार्य हो ।  मेरो बाटोमा हत्तोसाहित गर्ने जती आए पनी  म कागले  कान लाग्यो भनेर कागको पछाडि नलागी आफ्नु कान समातेर बसिरहे र बसिरहन्छु । आफ्नु उदेश्य के हो त्यसैमा लागिरहन्छु । तर अहिले समाजमा धेरै विश्वास कमाएको छु ,धेरै हौसला पाएको छु भने स्वदेश तथा अरु देश बाट पनि सम्मान र विस्वास कमाएको छु । राज्यबाट पनि विश्वास पाएको छु । आर्थिक सहयोग मात्र ठुलो कुरा होइन, नैतीक सहयोग र विश्वासले पनि ठुलो अर्थ राख्छ । राज्यको सम्बन्धित निकायले बनाउने निती , निर्देशिका , पाठयक्रम तथा बिभिन्न कार्यशाला , बैठकहरुमा समाबेश गराउन थालनु भएको छ । जस्ले मलाई थप उर्जा समेत  दिएको छ।  राम्रो काम गर्‍यो भने समाज र राज्यले अवस्य एकदिन मुल्याङ्कन गर्ने रहेछ भन्ने विश्वाश बढेको  छ । समाजमा विश्वाश कमाउन पहिला राम्रो र सहि काम नै गर्नु पर्छ अनी सो काम सबैलाई थाहा पनि हुनुपर्छ अनी मात्र विश्वाश ,साथ,सहयोग र सम्मान पाइछ जस्तो लाग्छ ।

9.अन्त्यमा केही भन्न चाहनु हुन्छ की?

देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुले हाम्रो संस्थालाई माया र बिश्वास गरेर सहयोग गरिरहनु भएको छ | सहयोग लागि हामी आभारी छौ | मनकारी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु | आगामी दिनमा पनि यहाँहरुबाट सहयोगको अपेक्षा गर्दछु ।   सक्नेले त बाटो देखाइ  दियो भने भारी बोकेर पनि खान्छ जो नसक्ने छ मानव भएर जन्मेर पनि अमानविय ब्यवहार गरिएका र चेतनामा अभाव भएका अटिजम बालबालिकाहरुलाई हामी सचेत नागरिकको हैसियतले स्विकार गरी,सम्मान गरी  आ-आफ्नु तर्फ बाट जे  सकिन्छ सहयोग गर्नको निमित्त हार्दिक अपिल गर्दछु ।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...