अमेरिकामा नर्सहरुको चरम अभाव

Published Date: March 9, 2018

रोहित भण्डारी  ८ मार्च – अमेरिकामा नर्सहरुको चरम अभाव हुन थाले पछि नर्सहरुलाइ आकर्षण गर्न अस्पतालहरुले राम्रो तलव,बस्ने ठाँउको सुबिधा र अध्ययनको लागि क्याम्पसको फी तिरिदिने जस्ता योजना अगाडि ल्याउन लागेको बताइएको छ।

अमेरिकन नर्सिङ संघकी निर्देशक सिउस रसका अनुसार बढ्दो बृद्दबृद्दाको जनसंख्याको कारण यस्तो अवस्था आएको हो । स्रोतका अनुसार सन् २०२२ सम्म मा अमेरिकामा थप १० लाख नर्सिङ जनशक्तिको आबश्यक पर्ने जनाइएको छ ।यो अभावलाई अस्पतालहरुले कसरी पुर्ती गर्ने छ्न भन्ने कुरा सरकार र अस्पतालहरुले अब बनाउने योजनामा भर पर्ने छ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...