अब ऐन महर अनेरास्ववियु अध्यक्ष: नविना लामा

Published Date: March 10, 2018

एमाले विद्यार्थी  सङ्गठन अनेरास्ववियुकी अध्यक्ष नविना लामाले  नेतृत्व हस्तान्तरण गर्ने  भएकी छिन्  । लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनीको ठाउँमा नयाँ नेतृत्व ल्याउन लागिएको हो । अनेरास्ववियु अध्यक्ष नविना लामाले प्रतिनिधिसभा सदस्य भएपछि आफू संगठनबाट विदा हुने घोषणा गरिसकेकी छन् ।

आफू सांसद भएलगत्तै केही दिनअघि बसेको अनेरास्ववियुको स्थायी कमिटी बैठकमा नविनाले संगठनबाट विदा लिने चाहना व्यक्त गरिन् । महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने आफ्नो चाहना पार्टी निर्णयका कारण पूरा नभएकाले विधि र प्रक्रिया पूरा गरेर आफूले नयाँलाई नेतृत्व दिन चाहेको लामाले बताइन् ।

एक स्रोतका अनुसार ओलीले अहिलेका महासचिव ऐन महरलाई अध्यक्ष बनाउन एमाले नेताहरु लागिपरेको बताइएको छ । यसअघि उपाध्यक्ष रहिसकेका महरलाई २ वर्षअघि महाधिवेशनको बेला नविनालाई अध्यक्ष बनाउनका लागि महासचिवमा मनाइएको थियो ।

अध्यक्ष बन्नका लागि अहिलेका चारजना उपाध्यक्षले पनि लबिङ तीब्र पारेका छन् । रश्मी आचार्य, महेश बर्तौला, सुनिता बराल र शैलेस लामा चारैजना दाबेदार छन् तर सबै भन्दा बलिया दाबेदार महर नै हुन्  ।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...