इजरायलमा १३ अप्रिल नयाँ बर्षको नेपाल आइडलको कार्यक्रम २० अप्रिलमा सर्यो

Published Date: March 26, 2018

नेपाली नयाँ बर्ष  २०७५ को आगमनसँगै इजरायलमा रहेका नेपालीहरुमाझ शुभकामना आदानप्रदान तथा विशेष मनोरञ्जन प्रदान गर्ने लक्ष्यका साथ   नेपाल आइडलका विजेता बुद्ध लामा सहित  निशान भट्टराई र प्रताप दास साथमा कार्यक्रम प्रस्तोता शुशिल नेपाल सहितको टोलिको समुपस्थितीमा १३ अप्रिल २०१८ शुक्रवारको दिन आयोजना गरिन लागेको कार्यक्रम विशेष कारणबश आगामी त्यसको अर्को साता २० अप्रिल शुक्रवारकोलागि सारिएको आयोजक गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद  (एनआरएनए) इजरायल सचिवालयले जनाएको छ ।

एनआरएनए- एनसिसी इजरायलका महासचिव तेन्जिङ शेर्पाले कलाकारहरुको नयाँबर्षको अवसरमै युरोपका विभिन्न स्थानहरुमा आयोजना गरिएका कार्यक्रमहरु सम्पन्न गर्दै १३ अप्रिलमा  इजरायलमा कार्यक्रम सम्पन्न गरि  कलाकारहरु पुन: युरोप जानुपर्ने  पुर्व निर्धारित तालिकामा युरोपको one entry भिसाका कारण पुन: युरोपका बाँकी कार्यक्रममा सहभागिता जनाउन नसक्ने स्थिती सृजना हुदा १३ अप्रिलको कार्यक्रम  २० अप्रिल शुक्रवारको दिन सार्ने निर्णय गरेको जानकारी गराउनुभयो । उहाँले कार्यक्रम सार्दा  आम इजरायलवासी नेपालीहरुमा पर्न गएको असुविधाप्रति एनआरएनए इजरायल दुख प्रकट गर्दै क्षमा याचना गरेको बताउनुभयो ।

वैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रही कामका दौरान  बिभिन्न जघन्य प्रकृतिका रोगहरुबाट पिडित भइ वेरोजगारी अवस्थामा रहदा आर्थिक अभावले उपचार गर्न नपाएका लगायत अन्य यस्तै समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यले एनआरएनए इजरायलद्वारा स्थापना गरिएको आपतकालिन राहत  कोषको अभिवृदीको निमित्त आयोजना गरिएको  उक्त कार्यक्रम सांगितिक कार्यक्रममा सहभागी हुन आयोजकले यहाँ रहेका नेपाली नागरिक, संचारकर्मी, सामाजिक संघसंस्थाहरु लगायत सबैलाई आग्रह गरेको छ ।

कार्यक्रममा नेपाल आइडलका  प्रस्तोता तथा ब्यवस्थापक शुसील नेपालको नेतृत्वमा आइडलको टोलि इजरायल आउने छ ।

स्मरण रहोस एनआरएनए इजरायलले केही वर्षदेखि विभिन्न जघन्य रोगहरूबाट पिडित इजरायलमा रहेका आधा दर्जन वढि नेपालीहरुलाई राहत स्वरुप मासिक रुपमा आर्थिक सहयोग उपलव्घ गराउदै आइरहेको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...