विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रमा अटिजम सचेतना दिवस मनाइयो

Published Date: April 5, 2018

काठमाडौं । विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र (SSDRC)ले  गत २ अप्रिल २०१८ सोमवार  भब्यताका साथ विश्व अटिजम सचेतना दिवश मनाएको छ । संस्थाकी अध्यक्ष सविता उप्रेतीको सभापतित्व तथा पुन:निर्माण प्राधिकरणका कार्यकारी प्रमुख श्री युवराज भुसालको प्रमुख आतिथ्यतामा निलो बत्ती बालेर कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा अटिजम सचेतनामा उल्लेखनीय योगदान पुर्याउदै आइरहेका सञ्चारकर्मी दिपक समीर, गोमा श्रेष्ठ, हरिराम पौडेल, रामकला खड्का, दामोदर न्यौपाने, सुधा सुवेदी, राष्ट्रिय युवा परिषदका अध्यक्ष सरोज बानिया, राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघका अध्यक्ष कमल सुवेदी, अपाङ्गता अधिकारकर्मी मुकुन्द दाहाल, समाजसेवी किशोर सुनुवार लगाएत संस्थामा पाँच वर्ष भन्दा लामो समय सेवा गर्दै आउनु भएका शिक्षक सन्जु थापा  र कमला ढकाललाई सम्मान गरिएको थियो भने अटिजम भएका बालबालिकाहरुलाई मेडल तथा पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै अटिजम भएका बालक आदेशराज काफ्लेले अवसर पाए हामी पनि केही गर्न सक्छौं भन्दै अटिजम बालबालिकाहरूलाई सहयोग र अवसर एवम् शिक्षाको खाँचो रहेको बताए । कार्मायक्रममा संस्था अटिजम बालबालिकाहरु द्वारा सन्देशमुलक नृत्य,गीत,कविता,फेशन सो र चित्रकला प्रर्दशन गरिएको थियो ।

लामो समयदेखि संस्थाको आफ्नै भवन निर्माणकोलागि प्रयासरत SSDRC ले  संस्थाको आगामि लक्ष्यको रुपमा  रहेको संस्थाको भवन निर्माणकोलागि स्थापना गरिएको आर्थिक सहायता कोषको कतार्क्रयममा प्रमुख अतिथि एवम् कार्यक्रममा उपस्थित सम्मानित व्यक्तिहरूले संयुक्त रूपमा गमलामा पानी हालेर  उद्घाटन गरेका थिए । साथै  र यस कार्यमा सहयोग गर्न सबैलाई संस्थाकी अध्यक्ष तथा कार्यकारी प्रमुख सविता उप्रेतीले सहयोगकोलागि हार्दिक अनुरोध गर्नु भएको थियो । उहाँले यस संस्थामा विगत आठ बर्षदेखि अटिजम भएका बालबालिकाहरूको हेरचाह, शिक्षा, थेरापी सेवा, सीपमूलक तालिम, जस्ता कार्यहरू गर्दै आएको र आगामी दिनमा सबैको साथ र सहयोगले यसले झन व्यापकता पाउने भन्दै संस्थालाई साथ र सहयोग गर्न समेत अपिल गर्नु भयो ।

हाल संस्थामा ४५ जना अटिजम भएका बालबालिकाहरूले शिक्षा लिईरहेका छन् भने ४०० भन्दा बढि बालबालिका र तिनीहरूका अभिभावकहरूमा यसको सचेतना कार्यका लागि सेवा र तालिम समेत प्रदान गरिसकेको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...