कालो हरिण सिकारको आरोपमा सलमान खान दोषी ठहर, ५ वर्षको जेल सजाय

Published Date: April 5, 2018

एजेन्सी, लिउड अभिनेता सलमान खानलाई कालो हरिण सिकारको आरोपमा जोधपुरको अदालतले दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकेको छ ।

सलमानलाई हरिणको सिकार मुद्दामा दोषी ठहर गर्दै अदालतले पाँच वर्षको जेल सजाय सुनाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । यद्यपी सलमानका वकिल हस्तीमल सारस्वतले ३ वर्षभन्दा कमको जेल सजाय माग गरेका थिए। उनले ३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा छुट्न सक्ने थिए । तर, सोभन्दा बढिको सजाय भएपछि उनले जेल बस्नुपर्ने भएको छ । यद्यपि उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् ।

भारतको वन्यजन्तु संरक्षण कानुनको धारा ५१ अन्तरगत सलमानविरुद्ध मुद्धा चलाइएको हो। यसअघि सन् २००२ मा एकजना घरबार विहीन व्यक्तिलाई गाडीले हानेर भागेको मुद्दामा खानले अदालतबाट सन् २०१५ मा सफाइ पाएका थिए।

फिल्म ‘हम साथ साथ हेँ’ को छायांकनको क्रममा सन् १९९८ मा जोधपुरको ग्रामीण भेगमा कालो हरिण सिकार गरेको आरोपमा सलमान खानसहित पाँच जना कलाकारमाथि मुद्दा दर्ता भएको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...