के इजरायलबारे साउदी अरबको धारणा बदलिएको हो ? इजरायली नागरिकलाई आफ्नो भूमिमा शान्तिपूर्वक बस्ने पूर्ण हक रहेको साउदी राजकुमारको भनाई

Published Date: April 5, 2018

‘इजरायली नागरिकलाई आफ्नो भूमिमा शान्तिपूर्वक बस्ने पूर्ण हक छ ।’ साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल सउदको यस भनाइलाई साउदी अरब र इजरायलबीच बढ्दो निकटताको बलियो प्रमाणका रूपमा हेरिँदै छ । अमेरिकी म्यागेजिन ‘द एट्लान्टिक’लाई दिएको साउदी युवराज बिन सलमानको यो अन्तर्वार्ता सोमबार प्रकाशित भएको छ ।

आफ्नो अन्तर्वार्तामा युवराज सलमानसित सोधिएको थियो— के उनी यस विषयमा यकिन गर्छन् कि यहुदी नागरिकको आफ्नो राष्ट्र र कमसेकम आफ्नो पितृभूमिको एक हिस्सामाथि हक छ ?’ यस प्रश्नको जवाफमा उनले भनेका छन्— मेरो विचारमा प्यालेस्टाइन र इजरायली जनतालाई आ–आफ्नो जमिनको हक छ । तर, हामीलाई एउटा यस्तो शान्ति सम्झौताको पनि आवश्यकता छ, जसका आधारमा हरजोकोहीका लागि शान्ति र स्थिरता सुनिश्चित गर्न सकियोस् । र, सम्पूर्ण सम्बन्ध सामान्य बनिरहोस् ।

१९६७ को मध्यपूर्व युद्ध

साउदी अरबले अझै पनि इजरायललाई मान्यता दिएको छैन । सन् १९६७ को मध्यपूर्व युद्धमा इजरायलको कब्जामा आएका अरब इलाकाबाट उसको फिर्ती साउदी अरबको एउटा मुख्य मुद्दा रहँदै आएको छ । वर्षौंसम्म साउदी अरबले यही भन्दै आयो कि द्विपक्षीय सम्बन्धमा सामान्यीकरण यी क्षेत्रबाट इजरायलको फिर्तीमा निर्भर रहनेछ ।

साउदी अरबले अझै पनि इजरायललाई मान्यता दिएको छैन । सन् १९६७ को मध्यपूर्व युद्धमा इजरायलको कब्जामा आएका अरब इलाकाबाट उसको फिर्ती साउदी अरबको एउटा मुख्य मुद्दा रहँदै आएको छ ।

तर, साउदी युवराज बिन सलमान भन्छन्— हामी जेरुसेलमको पवित्र मस्जिद र प्यालेस्टाइन नागरिकको सुरक्षालाई लिएर बढी नै चिन्तित छौँ । हाम्रो मुख्य मुद्दा नै यही हो । हामीलाई अन्य मानिससित कुनै समस्या छैन । साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल सउद यतिखेर आफ्नो व्यापारिक कारोबार वृद्धि गर्न तथा इरानको असरसित जुध्नका लागि अमेरिका भ्रमणमा छन् ।

इजरायल–साउदी अरब सम्बन्ध

इरान र साउदी अरबबीच जे–जसरी तनाव बढिरहेको छ, सोही कारणबाट इजरायल र गल्फ कर्पोरेसन काउन्सिलबीच साझा हितको चासो बढेको छ । किनकि, दुवैले इरानलाई एक खतराका रूपमा हेरिरहेका छन् ।

साउदी अरबका युवराज मोहम्मद बिन सलमानले भनेका छन्— इजरायलका साथमा हाम्रा कैयौँ साझा हितका मुद्दा छन् । यदि शान्ति कायम रह्यो भने मात्र गल्फ कर्पोरेसन काउन्सिलका देश र इजरायलबीच आपसी हितका विषय अघि बढ्नेछन् । पछिल्लो महिनामा मात्र साउदी अरबले आफ्नो आकाशबाट इजरायलका लागि कमर्सियल उडान सेवालाई स्वीकृति दिएको थियो ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी डटकम/हिन्दीबाट



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...