‘गाजामा कोही निर्दोष छैनन्’ : इजरायली रक्षामन्त्री लिबरमान

Published Date: April 9, 2018

जेरुसेलम, इजरायल, ९ अप्रिल ।   प्यालेष्टिनी हमास समूहको नियन्त्रणमा रहेको गाजा क्षेत्रमा इजरायली सेनाको गोली लागि दर्जनौँ सर्वसाधारणको मृत्यु भएको र सयौँको सङ्ख्यामा प्रदर्शनकारी घाइते भएका खबर आइरहेकै बेला  इजरायली रक्षामन्त्री अभिगडोर लिबरमानले गाजामा कुनै निर्दोष नागरिक नभएको बताउनुभएको छ ।


आइतबार एक इजरायली रेडियोसँगको कुराकानीमा रक्षामन्त्री लिबरम्यानले भन्नुभयो, “ गाजा क्षेत्रमा कुनै  निर्दोष प्यालेष्टिनी छैनन् ।”
“गाजाको प्रत्येक व्यक्तिको कुनै न कुनै रूपमा हमास समूहसँग आवद्धता छ र उनीहरूले हमासबाट पारिश्रमिक पाउँछन् । सबै प्रदर्शनकारीले सीमानामा घुसपैठ गरेर इजरायललाई चुनौति दिन खोजिरहेका छन् ।”

विगत केही दिनको प्रदर्शनका क्रममा गाजा क्षेत्रमा एक पत्रकारसहित ३० जनाको मृत्यु भएको प्यालेष्टिनी पक्षले दावी गरेको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...