यस बर्षको मिस नेपालको उपाधी हात पारिन श्रृंखलाले

Published Date: April 12, 2018

काठमाडौं– मिस नेपाल २०१८ को ताज श्रृंखला खतिवडाले जितेकी छिन्। बुधबार राति काठमाडौंकाे अन्नपूर्ण हाेटलमा सम्पन्न  मिस नेपाल २०१८ को फाइनल प्रतियोगितामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै आर्किटेक्चर इन्जिनियर समेत रहेकी खतिवडाले  ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् ।

उनले उपाधि जितेसँगै ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत पाएकी छन् । उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् । उनले ब्युटिफुल हेयर र मिस ºयासिनो गरी अन्य दुईवटा अवार्ड पनि हात पारेकी छन् ।

यस्तै, फस्ट रनर अप हुँदै ‘मिस नेपाल युनिभर्स’को उपाधि गोरखाकी २२ वर्षीया मनिता देवकोटाले जितिन् । उनलाई सन् २०१७ की ‘मिस नेपाल अर्थ’ नग्मा श्रेष्ठले क्राउन लगाइदिइन् । उनले ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । साथमा उनले नगद १ लाख पनि प्राप्त गरिन् ।

प्रतियोगितामा सेकेन्ड रनर अप हुँदै ‘मिस नेपाल अर्थ’को उपाधि काठमाडौंकी २३ वर्षीया प्रिया सिग्देलले जितिन् । उनलाई ‘मिस नेपाल अर्थ–२०१७’की विजेता रोजिना श्रेष्ठले क्राउन लगाइदिइन् । उनले ‘मिस अर्थ’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । उनले नगद १ लाख पुरस्कार पनि प्राप्त गरिन् ।

यस्तै, ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि काठमाडौंकी २२ वर्षीया रोनाली अमात्यले जितेकी छन् । उनलाई सन् २०१७ की ‘मिस नेपाल इन्टरनेसनल’ नीति शाहले क्राउन लगाइदिएकी थिइन् । उनले १ लाख नगद पुरस्कारसमेत जितिन् । साथै, उनले ‘मिस इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व समेत गर्नेछिन् । यस वर्षबाट आयोजक पक्षले मिस एसिया प्यासिफिक हटाएको छ ।

द हिडन ट्रेजरले आयोजना गरेको २३औं शृङ्खलाको ‘मिस नेपाल २०१८’मा सुनिल शाक्य, भावना घिमिरे, रवीन्द्र मिश्र, अशिष्मा नकर्मी, श्रीहर राना, प्रतिष्ठा अमात्य बिष्ट, दीपक बिष्ट, निकिता पौडेल, इभाना मानन्धर र राजुविक्रम शाह निर्णायकका रूपमा रहेका थिए । काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना भएको ‘मिस नेपाल’मा २५ जनाले प्रतिस्पर्धा गरेका थिए ।

राजधानीको अन्नपूर्णजस्तो पाँचतारे होटलमा कार्यक्रम गरिए पनि क्राउन समारोहमा बत्ती गएर अँध्यारोमा मिस नेपाललाई क्राउन लगाउने काम गरियो । प्रतिस्पर्धीहरूबीच अन्य विभिन्न शीर्षकमा प्रतिस्पर्धा भएको थियो । उपशीर्षकअन्तर्गत प्रतिस्पर्धामा सबैले उपाधिसहित २५ हजार रुपैयाँ पाए । जसअन्तर्गत अन्य उपाधिहरू यस प्रकार छन् :

प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको– ‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि तीनवटा काम के गर्नुपर्ला भनेर सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिँदै श्रृंखलाले  उपाधि जितेकी हुन् ।

ब्युटिफुल हेयर : शृङ्खला खतिवडा

मिस फ्रेन्डसिप : साइरा लामा

मिस फोटोजेनिक : महिमा सिंह

मिस पङ्चुअल : लक्ष्मी पौडेल

मिस इन्टेलेक्चुअल : आश्मा ढुंगाना

मिस बेस्ट ऐथ्लिट : मेघा श्रेष्ठ

मिस कन्फिडेन्ट : आस्था साख

मिस यासिनो : शृङ्खला खतिवडा

मिस ग्ल्यामर : मनिता देवकोटा

मिस पपुलर च्वाइस : सन्ध्या अधिकारी

मिस ट्यालेन्ट : रोनाली अमात्य

ब्युटी विथ द प्रपोज : प्रिया सिग्देल



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...