हिन्दु जागरण इजरायलद्वारा गौमाता रक्षार्थ आर्थिक सहयोग

Published Date: April 12, 2018

“धर्म द्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान” भन्ने मूल नाराका साथ बिगत ५ बर्ष देखि सामाजिक सेवा तथा धार्मिक गतिविधिमा निरन्तर लागि पर्दै आइरहेको हिन्दु जागरण नेपाल अभियान इजरायलले नेपालमा आकस्मिक रुपमा आइपर्ने दैवी प्रकोप,    मृगौला पिडित, पिडित क्यान्सर पिडित मानसिक सन्तुलन गुमाएका, प्राकृतिक प्रकोपबाट पिडितहरु भएकाहरु लगायत विभिन्न किसिमका जघन्य  रोगहरुबाट पिडित भएकाहरुलाई संस्थाको आर्थिक अवस्था हेरी यथा शक्ति धेर थोर सहयोग गर्ने क्रममा बिगत केहि दिन पहिला बुटवलमा ठुलो संख्यामातस्करीका लागि राखिएका गाई फेला परेपछी ती गाइको रक्षार्थ आर्थिक सहयोग उपलव्ध गराएको छ ।

 

 

 

 

 

 

 

 

सुत्रका अनुसार वंलादेश लैजनाको निम्ती तयारी अस्थामा राखिएका गाईहरु फेला परेपछि स्थानीयवासीले गौ रक्षक योगी सोमराजज्यु लाई खबर गरि गुरु सोमराज लगायत हिन्दु जागरण नेपाल रुपन्देहीका टिम र अन्य धार्मिक संघ सस्थाहरुको सहयोगमा गाईलाई नियन्त्रणमा लिएको छ ।  “नगरपालिका कै मिलिमोतोमा गाई बंगलादेश सम्म तस्करी गर्ने भन्ने सम्मको खबरले हामि स्तब्ध भएका छौ” – हिन्दु जागरण नेपाल अभियान इजरायलका महासचिव सुवास थापाले भने ।

गाईको तस्कर गर्ने व्यक्ति फरार भएको र नगरपालिकाले यी सबै बिषयमा आफुलाई जानकारी नभएको जनाएर पानी माथिको ओभानो हुने काम गरेको छ । हाल गाईको अवस्था निकै दयनीय रहेको कुरा जानकारी पाएपछि हिन्दु जागरण नेपाल अभियान इजरायल ले सानो सहयोग स्वरूप रु १०,१००/- (दश हजार एकसय रुपिया) गाई संरक्षक अभियानलाई हस्तान्तरण गरेको छ  ।  हिन्दु जागरण रुपन्देहीको सहकार्यमा एक कार्यक्रमको आयोजना गरि उक्त रकम गोब्रती सोमराज गुरुलाई हस्तान्तरण गरिएको थियो ।

रास्ट्रीय जनावर गाईलाई नेपाल सरकार ले नै संरक्षण गर्नु पर्ने दायित्व रहेपनि यसप्रति खासै चासो देखिएको पाइदैन, हिन्दु धर्मालम्बीहरुले गाईलाई गौ माता को रुपमा लिने गर्दछन त्यसैले सकेको सहयोग गरी गौ माताको रक्षामा हिन्दु जागरण इजरायलले केहि आर्थिक सहयोग गरेको बताएको छ । बुटवलमा भएका गाईलाई तत्काल सरकारले संरक्षण गरि दोषीलाई कारवाई नगरे ठुलो आन्दोलनको चेतावनी दिएपछि नगरपालिका ले एक हप्ताको समय मागेको बताइएको छ । हालसम्म गाईलाई दाना पानीको व्यवस्था लगायत बिरामी गाइहरुको औषधि पनि सर्वसाधारण हरुकै जिम्मामा रहेकोले थोरै भए पनि सहयोग रकमले उक्त कार्यलाई टेवा पुगोस् भन्ने अभिप्रायले सहयोग प्रदान गरिएको जनाउदै अभियानले सम्पूर्णलाई   उक्त कार्यमा सहयोग गर्नको लागि हार्दिक अपिल गरेको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो