जर्मनीका राजदुत रमेश खनाल सर्वियाका पनि राजदुत

Published Date: April 16, 2018

काठमाडौँ, २ वैशाख ।  राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली राजदुत रमेशप्रसाद खनाललाई सर्वियाका लागि समेत गैरआवासीय नेपाली राजदुतमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा खनाललाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी, राष्ट्रपति भण्डारीले थाइल्यान्डका लागि नेपाली राजदुत खगनाथ अधिकारीलाई भियतनामका लागि समेत गैरआवासीय नेपाली राजदुत पदमा नियुक्त गर्नुभएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...