सोसियल नेटवर्किंङ साइटमा फेक आइडी पत्ता लगाउने नयाँ विधिको विकास

Published Date: April 23, 2018

एजेन्सी, १० वैशाख । फेसबुक, ट्वीटरजस्ता सोसियल नेटवर्किंङ साइटहरुमा फेक अकाउन्ट पत्ता लगाउनका लागि वैज्ञानिकहरुले एक नयाँ एल्गोरेदिम विकसित गरेका छन् । यसको प्रयोगले सोसल साईटमा बनाईएको फेक आईडीहरु पत्ता लगाउन सहज हुने भएको छ ।

विदेशी संचारमाध्यमको अनुसार नक्कली अकाउन्टमा प्रयोगकर्ताका आचरण सक्कली अकाउन्टमा भन्दा असामान्य हुन्छन् । यही धारणालाई आधार मानेर वैज्ञानिकले यो नयाँ विधिको विकसित गरेका हुन् ।

इजरायलको बेन गुरियन विश्वविद्यालयका प्रमुख शोधकर्ता दिमा कगान यसबारे भन्छन् हालैका दिनमा प्रयोगकर्ताको गोपनियता सुरक्षित राख्नमा असफलता हात परेको विषयमा चिन्ताजनक खबर आएका छन् । चुनाव प्रभावित गर्नका लागि रुसद्धारा सोसल मिडियाको प्रयोगको जानकारी आएपश्चात अब सोसल मिडियाका फेक अकाउन्टहरुलाई जरैदेखि उखेलेर फ्याँक्नु आवश्यक भैसकेको छ ।

उनका अनुसार नयाँ एल्गोरिदमको परीक्षण विभिन्न १० प्रकारका सोसल नेटवर्कमा रहेका नक्कली तथा सक्कली डाटा संग्रहहरुमा गरिएको थियो र दुबैमा यो विधिले निकै उत्साहजनक नतिजा प्रदान गरेको छ ।

सोसल नेटवर्क एनालिसिस एण्ड माइनिंग पत्रिकामा यो शोध (समाग्री) प्रकाशित छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...