सिन्डिकेटवालाले मयुर यातायातका चालकलाई कुटे

Published Date: April 23, 2018

काठमाडौँ– मयूर यातायातका चालकमाथि आइतबार साँगामा निर्घात रूपमा कुटपिट भएको छ । कुटपिटबाट बसका चालक रामेश्वर सुनार घाइते भएका छन् ।उनको काठमाण्डुको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

सुनारलाई कुटपिट गर्नुका साथै बा५ख १५४६ नम्बरको बसमा पनि क्षति पुर्याएको बताइएको छ ।बसलाई जलाउनेसम्मको अभिप्रायले बस र चालकमाथि सांघातिक आक्रमण भएको र चालकले गाडीको ढोका नखोलेको कारणले ठूलो क्षती हुनबाट जोगिएको बताइएको छ ।

कुटपिट गर्ने पाँच जनालाई इलाका प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ ।चालक कुटपिटमा संलग्न रहेको भन्दै परिचन्द्र श्रेष्ठ, सुमन धिमाल र विजय थापालाई पनि नियन्त्रणमा लिइएको हो ।गत १ चैतदेखि काभ्रेसम्म सेवा विस्तार गरेको मयूरमाथि पुरानो यातायात सेवा समितिहरू आक्रमणमा उत्रिएका हुन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...