३३ केजी सुनकाण्डमा प्रहरी उपरीक्षक विकासराज खनाल प्रहरी नियन्त्रणमा, घटना थप रहस्यमय वन्दै

Published Date: April 24, 2018

काठमाडौं, ११ वैशाख ।   ३३ किलो सुन तस्करी काण्डमा जोडिएका प्रहरी उपरीक्षक विकासराज खनाल लाई प्रहरीले मन्त्रालय परिसर बाटै नियन्त्रणमा लिएको छ ।

गत फागुन १८ गते तस्करी गरेर ल्याएको साढे ३३ किलो सुन बाटोबाटै गायब पारेको भन्दै सुन भरिया सनम शाक्यको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेपछि तस्करीमा प्रहरी उच्च अधिकारी नै मुछिन थालेको अनुसन्धानबाट खुलेको छ ।

गृह मन्त्रालयले बनाएको छानबिन समितिले यही विषयमा महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख दिवश लोहनीको सरूवा गरेको छ भने  चैत २८ गते अवकाश पाएका पूर्वडिआइजी गोविन्द निरौलालाई हिरासतमा लिएर अनुसन्धान थालेको  छ ।

सनमसहित यो प्रकरणमा जोडिएका थप दुई जनाले पनि ज्यान गुमाइसकेका छन्। थाइ एयरवेजका वरिष्ठ टेक्निसियन सानु वनको विमानस्थल भित्रै दुर्घटनामा परेर मृत्यु भयो। वनको मृत्यु भएको हो कि हत्या भन्ने विषयमा अनुसन्धान जारी छ।

सुन प्रकरणकै विषयमा अनुसन्धान गर्न हिरासतमा लिइएका विमानस्थलमा कार्यरत लोडर प्रेमराज चौधरीले सिंहदरबार प्रहरी वृत्तमा आत्महत्या गरेका छन्।

तीन जनाको मृत्यु र उच्च प्रहरी अधिकृत मुछिएको यो सुन प्रकरणका दिन प्रतिदिन रहस्यमय बन्दै गएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...