स्वदेशमै रोजगारीको मागसहित युवा -याली

Published Date: May 3, 2018

रोजगारी खोजीका लागि दिनँहु हजारौं युवा खाडी मुलुकका साथै युरोप र अमेरिकामा जानुपर्ने बाध्यता अन्त्य माग गर्दै युवा जमातले शनिबार भृकुटीमण्डपबाट राष्ट्रिय झन्डासहित -याली निकालेका छन् ।

भृकुटीमण्डप, शहीदगेट, रत्नपार्क हुँदै सयौं युवा सहभागी -यालीमा स्वदेशमै रोजगारी व्यवस्था गर्न सरकारस“ग चर्काे स्वरमा मागसमेत गरे ।

-यालीका सहभागी युवाले न्यूनतम ३० हजार मासिक तलबसहित स्वदेशमै रोजगार ग्यारेन्टी, रोजगारीका नाममा युवालाई विदेशमा बेच्न बन्द गर्नुपर्ने, बेराजगारलाई बेरोजगार भत्ता व्यवस्था गर्नुपर्ने, देश सुहाउँदो शिक्षा व्यवस्था, निःशुल्क शिक्षा र स्वास्थ्य व्यवस्था, व्यवसायी र लगानी सुरक्षालगायत बन्द उद्योग र कलकारखाना सुचारु गनुपर्ने माग गरेका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...