एनआरएनए इजरायलको पत्रकार सम्मेलन, आपतकालिन राहत कोषको घोषणा (भिडियो तथा विवरण सहित)

शान्ता ज्ञवालीको संयोजकत्वमा ७ सदस्यिय संचालक समिति गठन

Published Date: May 12, 2018

ए1 न्यूज इजरायल

वैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रही कामका दौरान  बिभिन्न जघन्य प्रकृतिका रोगहरुबाट पिडित भइ वेरोजगारी अवस्थामा रहदा आर्थिक अभावले उपचार गर्न नपाएका लगायत अन्य यस्तै समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यले  इजरायलमा रहेका नेपालीहरुको पहलमा आपतकालिन राहत कोषको स्थापना गरिएको  छ ।

गत शुक्रवार   गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी)इजरायलले इजरायलको तेलअभिवस्थित संस्थाको सचिवालयमा पत्रकार सम्मेलन गरी एनआरएनए-एनसिसी इजरायलको प्रमुख  आयोजना नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजना र इजरायलमा रहेका विभिन्न  २७ वटा संघ संस्थाहरुको सह आयोजनामा नेपाल आइडल टप थ्रीको उपस्थितिमा आयोजना गरिएको ‘नयाँ बर्ष सांगितिक साँझ   २०७५’ मा भएको आम्दानीबाट सम्पूर्ण खर्च कटाई वाँकी रहन गएको रकम र आयोजक संस्थाका केही सहयोगी मनहरुको आर्थिक सहयोगमा ५६ हजार ५५ शेकेल (इजरायली मुद्रा) करिव १७ लाख नेपाली बरावरको आपतकालिन राहत कोषको स्थापना गरिएको बताएको छ ।

एनआरएनए इजरायलको संरक्षकत्व (जो कोही परिवर्तन भएपनि कोष रहदा सम्म) रहने गरी एनआरएनए इजरायलबाट ३ जना, नेपाल आदिलासी जनजाती महासंघ इजरायलको अध्यक्ष १ जना र  इजरायलमा रहेका अन्य सामाजिक, धार्मिक, जातिय तथा साहित्यिक संघ संस्थाका एक एक जना प्रतिनिधीहरु रहने गरी   ७ सदस्यिय कोष संचालक समिति गठन गरिएको एनआरएए इजरायलले जनाएको छ ।  समितिको संयोजकमा एनआरएनए इजरायलकी वरिष्ठ उपाध्यक्ष शान्ता अधिकारी ज्ञवाली रहेकी छिन भने सदस्यहरुमा एनआरएनए इजरायलबाट प्रवक्ता डोमा शेर्पा, निवर्तमान कोषाध्यक्ष तथा सल्लाहकार तारा काउचा मगर रहेका छन् । त्यस्तै नेपाल आदिवासी जनजाती महासंघ इजरायलको अध्यक्ष (जो कोही परिवर्तन भएपनि कोष रहदा सम्म) , भोजपुर सेवा समाज इजरायलको तर्फबाट वाल कुमार राई, रुपन्देही सेवा समाज इजरायलका अध्यक्ष इश्वरी पौडेल, विश्व नेपाली महासंघ शाखा इजरायलकी अध्यक्ष सानु गुरुङ रहेकी छिन् । त्यस्तै कोषको पारदर्शिताको लागि संचारकर्मीहरु मध्यबाट  १ जना र  अन्य सरोकारवालाहरुबाट   १ जना गरी  २ जना सदस्य पनि संचालक समितिमा थप गज्ञर्ने विषयमा समितिले आन्तरिक रुपमा छलफल गरेर निर्णय गर्ने जनाइएको छ ।

एनआरएनए एनसिसी इजरायलका अद्यक्ष छिरिङ लामा शेर्पाले संकलित रकम  पत्रकार सम्मेलनकै क्रमममा  समितिलाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै एनआरएनए इजरायलले गएका केही बर्षहरुदेखि हालसम्म संस्थाको आन्तरित स्रोतबाट इजरायलमा रहेका जघन्य रोगबाट पिडित भएकाहरुलाई मासिक रुपमा सहयोग गर्दै आइरहेकोमा आउदा दिनमा सोही कोषबाट पिडितहरुलाई दिदै आइरहेको सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

एनआरएनले पत्रकार सम्मेलनको क्रममा नयाँ बर्षमा आयोजित आम्दानी तथा खर्चको विवरण पनि सार्वजनिक गरेको छ । विवरण तल हेर्नुहोस् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...