इजरायलमा नेपालीले गरे अकबरे खुर्सानीको खेती

Published Date: June 8, 2018

एनआइ न्यूज इजरायल

कृषक मोहन बस्नेत

इजरायलमा हुनुहुन्छ र औषधिय गुण भएको गुणकारीअकबरे (डल्ले) खुर्सानीको स्वाद लिन पाइरहनु भएको छैन भने अव त्यसको स्वाद लिन तत्पर रहनुहोस् । हो, इजरायलमा कार्यरत एक नेपाली कामदारले आफ्नो कामको वावजुध पनि अकवरे, सबैले मन पराउने लाम्चो आकारको साधारण खुर्सानी लगायत रायोको सागको व्यवसायिक खेती गरेका छन् ।
मध्यपश्चिम नेपाल प्यूठानको वादीकोट स्थायी घर भई विगत बाह्र बर्षदेखि रोजगारीको शिलशिलामा इजरायलमा रहनुभएका मोहन बस्नेतले इजरायलमा रहेका नेपालीहरुले विभिन्न औषधिय गुणले भरिपूर्ण अकबरे खुर्सानी, लाम्चो खुर्सानी र रायोकोको सागको माग अत्याधिक रहेको देखेर आफ्नो रोजगारदाताको घर छेउमै रहेको बाझो जमिनको सदुपयोग गर्दै आफ्नो बचेको समय दिई व्यवसायिक रुपमै खेती गरेका छन् ।
विगत ५ बर्षदेखि शुरुवातमा थोरै थोरै गरी अहिले व्यवसायिक रुपमै करिव ३ देखि ४ सय विरुवा रोपण गरी खेती गरिरहेका वस्नेतले भने – “इजरायलमा सुकेको खुर्सानी र ठूलो आकारको हरियो खुर्सानी किन्न पाइने भएपनि दक्षिण एसियाका नागरिकहरुले त्यो त्यति मन नपराउने गरेको देख्ने गर्थें भन्दै अगाडि भने “उनैहरुको अनुभव र मागलाई मध्यनजक गरी व्यवसायिक रुपमै यसको खेती गर्ने सोच वनाएर शुरु गरेको थिएँ, विस्तारै त्यसमा सफलता पाउदै गएको छु ।“
वस्नेतले एक सिजनमा करिव १० हजार शेकेल (३ लाख १० हजार रुपैया) को खुर्सानी बिक्री गर्दै आइरहेको बताए ।


स्वदेशमा रहदा स्वास्थ्य क्षेत्रमा कार्यरत अहेव बस्नेत भन्छन् – “कब्जीयत, ग्यास्ट्रिक लगायक विभिन्न किसिमका पेट सम्वन्धि समस्याहरुको निराकरणको निम्ती अत्यन्तै फाइदाजनक रहने अकबरे खुर्सानीको इजरायलमा अत्यन्तै माग रहि आएको छ, यसलाई इजरायल बसुन्जेल निरन्तरता दिदै जानेछु ।”
हरियो खुर्सानीले खानालाई त स्वादिस्ट पार्छ नै, साथै स्वास्थ्यको लागि धेरै नै फाइदाजनक पनि हुन्छ । गर्मीको बेलामा यसलाई नियमित रुपले खानमा समाबेश गर्नाले लु बाट पनि बचाउँछ । प्राय मानिसलाई हरियो खुर्सानी बिना खाना खान मजै आउँदैनन् । खुर्सानी खाँदा हुने फाईदाहरु यस प्रकार रहेका छन् ।
१. अकबरे खुसार्नी क्यालोरी रहित हुन्छ ।
२. अकबरे खुसार्नीले डाइविटिजलाई पनि फइदा गर्छ । अकबरे खुर्सानी खानाले तपाईको शरिरको ब्लड शुगर लेबल सन्तुलित हुने गर्छ तर यसको मतलब यो पनि होइन कि तपाई पुरै समय हाइ क्योलोरीयुत्त खाना खानुहोस् र फेरि त्यसको प्रभाव कम गर्नलाई हरियो खुर्सानी खानुहोस् ।
३. पाचन शक्ति बढाउँछ । हरियो खुर्सानीमा फाइबर हुन्छ, कब्जीयतको हैरानी दुर बनाउँ छ । यसले खाना सजिलै तरिकाले पचाइदिन्छ र यसले पाचन सम्बन्धी बिमारीहरुलाई राहत मिल्छ ।
४. हरियो खुसार्नीमा एंटी बैक्टीरियल गुण पाईन्छ जसले गर्दा छाला सम्बन्धि रोग लाग्नबाट बच्न सकिन्छ ।
५. क्यान्सर बाट बच्न हरियो खुर्सानीले सहयो गर्छ । हरियो खुर्सानीमा एन्टीअक्सीडेन्ट हुन्छ जसले शरिरको रोग प्रतिरोधक क्षमता बढाउँछ । पुरुषहरुलाई हरियो खुर्सानीले पोस्ट्रेट कैंसर को खतराबाट बचाउने गर्छ ।


६.प्रतिरक्षामा सुधार ल्याउँने सहयोग गर्छ । हरियो खुर्सानीमा भिटामिन सी भरपूर मात्रामा पाउने गर्छ, जसले प्राकृतिक प्रतिरक्षामा सुधार गर्छ । ७. छालाको लागी फायदाजनक । हरियो खुर्सानीमा भिटामिन इ पनि पाउँछ, जसले छालाको लागि फायदाजनक प्राकृतिक तेल बनाउने गर्छ । यसले छाला मुलायक र राम्रो हुन जान्छ । हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।
विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।
थकाइ मेटाउछ ।
पुनश्च : विशेष गरी इजरायलमा रहनुभएका नेपाली लगायत अकवरे, हरियो खुर्सानी र रायोको साग मन पुर्याउनुहुने जो कसैले  0549329263 या फेसवुकमा  https://www.facebook.com/kalpu.basnet.31 यो प्रोफाइलमा सम्पर्क गरी मगाउन सक्नुहुनेछ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...