दशगजा क्षेत्रमा भारतीय पक्षले कष्टम चेकपोष्टको कार्यालय बनाउन खोज्दा, सशस्त्र प्रहरीले गरे विरोध

Published Date: June 11, 2018

धनुषा जिल्लाको नगराईन नगरपालिका २ जटही स्थित नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा भारतीय पक्षले अतिक्रमण गर्न खोजे पछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नगराईनले प्रतिबाद गरेका छन् ।

दशगजा क्षेत्र भित्र पर्ने सिमा स्तम्भ नं. २८४÷३५ र सहायक सिमा स्तम्भ ५१ नम्बरको पिलरको दशगज्जा भित्र भारतीय कष्टमका सुपरिडेन्टल मोहम्मर अन्सारीले अस्थायी चेकपोष्ट निर्माण गर्नको लागि माटो झारेर अतिक्रमण गर्न सुरु गरेपनि सशस्त्र प्रहरीले रोक्दा केही समय बिबाद समेत भएको छ । भारतीय पक्षले काम नरोकेपछि सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजु पाण्डे,विओपी नगराईनका प्रमुख सशस्त्र प्रहरी निरिक्षक जगदिश प्रसाद चौधरी, जिल्ला प्रशासन कार्यालय धनुषाका सुब्बा सुनिल झा सहितको ७ जनाको टोलीले भारतीय पक्षसंग छलफल गरी दशगजा क्षेत्रमा काम रोक्न लगाएका छन् ।

नेपाल भारत दुई देश बिचको नापी विभागका नापी कर्मचारीहरु बोलाई उक्त सिमा इलकाको संयुक्त रुपमा बिस्तृत अध्ययन तथा अवलोकन गरी निष्कर्ष निकाल्ने जनाइएको छ । गत जेठ १५ गते समेत उक्त ठाउँमा भारतीय पक्षले दशगजा क्षेत्रमा माटो पुर्ने काम गरिरहेको बेला विओपी नगराईनका ईचार्ज चौधरीले रोकेका थिए ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...