राष्ट्रिय तामाङ घेदुङ इजरायलको अध्यक्षमा बिमला मोक्तान चयन

Published Date: June 18, 2018

“तामाङ भाषा, लिपी, कला, धर्म तथा संस्कृति हाम्रो पहिचान,संरक्षण गर्ने हाम्रो अभियान” भन्ने मुल नाराका साथ इजरायलमा रहेका तामाङ समुदायविच स्थापना गरिएको   राष्ट्रिय तामाङ घेदुङ इजरायलले आफ्नो स्थापनाको पहिलो बार्षिकोत्सव तथा प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ ।

गत १५ जुन शुक्रवार इजरायलको तेलअभिवमा राष्ट्रिय तामाङ घेदुङ इजरायलकी अध्यक्ष निर्मला स्वाङ्वा तामाङको सभापतित्वमा सम्पन्न प्रथम बार्षिकोत्सव तथा ऐतिहासिक प्रर्थम अघिवेशनमा नेपालबाट आमन्त्रित राष्ट्रिय तामाङ घेदुङका केन्द्रिय महासचिव प्रविन वल तामाङ (चुनव)को  प्रमुख आतिथ्यता, एनआरएनए इजरायलका अध्यक्ष छिरिङ लामा शेर्पाको विशेष आतिथ्यता तथा इजरायलमा रहेका विभिन्न सामाजिक, जातिय, धार्मिक तथा राजनैतिक संघ संस्थाका प्रतिनधिहरु, विभिन्न अनलाइन वेस मिडियाकर्मीहरुको आतिथ्यता रहेको थियो ।

उल्लेख्य तामाङ तथा गैर तामाङ नेपालीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदै महासचिव भरत लामाले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो । उहाँले इजरायलमा रहेका तामाङ समुदायको प्रतिनिधी संस्थाको रुपमा स्थापमा भएको राष्ट्रिय तामाङ घेदुङ इजरायलले आफ्नो स्थापनाकालको छोटो अवधिमै उदाहरणिय सामाजिक कार्यहरु गर्न सकेकोमा आफुहरु गौरवान्वित महसुस गरेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा संस्थाको बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव अनुराज मोक्तानले संस्थाको स्थापनाको एक बर्ष यता संस्थाको आर्थिक अवस्था वलियो वनाउन संस्थाले भ्रमण, सांस्कृतिक कार्यक्रम लगायतका गतिविधीहरु संचालन गरेको बताउनुहुदै संस्थाका पदाधिकारी तथा सदस्य कसैबाट पनि लेवी नउठाइएको जानकारी गराउनुभयो । उहाँले आर्थिक वर्ष २०१७/०१८को  करिव  २०  लाख बराबरको आम्दानी तथा खर्चको विवरण प्रस्तुत गर्नुभएको थियो ।

View post on imgur.com

CLICK <  > SIGN TO WATCH MORE PICTURE

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै  कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय तामाङ घेदुङका केन्द्रिय महासचिव प्रविन वल तामाङ (चुनव)ले  तामाङ जातुको धर्म,लिपी, पहिचान, हक हित र तामाङ् समुदायप्रति राज्यले गरेको विभिदेको बारेमा चर्चा गर्नुभएको थियो । त्यसैगरी महासचिव महासचिव चुनवले तामाङ समुदाय भित्र भएको चलखेलको बारेमा जानकारी गराउनु हुदै केन्द्रले आगामी दिनमा लिदै आइरहेको भावी योजनाको बारेमा पनि बोल्नु भएको थियो । उहाँले राज्यले जनजातीमाथि गर्दै आइरहेको विभेद अझैपनि अन्त्य भइनसकेको बताउनुहुदै त्यसको विरुद्द  आगामी दिनमा सिङ्गो जनजाति समुदायसे जनजाति आन्दोलनमा खेल्नु पर्ने भुमिकाको बारेमा पनि बोल्नु भएको थियो । महासचिव चुनव तामाङले कार्यक्रमका दौरान इजरायलमा रहेको विभिन्न जातिय संस्थाको बारेमा जानकारी लिने क्रममा भेटघाट र अन्तरक्रिया गर्नुभएको  थियो ।

यसैविच राष्ट्रिय तामाङ घेदुङ इजरायलको अध्यक्षमा  बिमला मोक्तान तामाङ चयन भएकी छिन् । ऐतिहासिक प्रथम अधिवेशन मार्फत घेदुङको  २९ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ ।समितिको वरिष्ठ उपाध्यक्षमा भरत लामा चयन भएका छन् भने प्रथम उपाध्यक्षमा पेमा योञ्जन तामाङ, द्वितीय उपाध्यक्षमा सोनम लामा, तृतीय उपाध्यक्षमा निशा मोक्तान तामाङ, चौथो उपाध्यक्षमा कुमारी तामाङ, पाँचौ उपाध्यक्षमा हिरा माया योञ्जन तामाङ(रिया) चयन भएकी छन् ।

त्यस्तै  संस्थाको महासचिवमा अनुराज मोक्तान तामाङ, उप-महासचिवमा पुर्ण घिसिङ तामाङ, प्रथम सचिबमा, प्रीति पाख्रिन तामाङ, द्वितीय सचिबमा, धन कुमार योञ्जन तामाङ, कोषाध्यक्षमा साङ्डोमा तामाङ, सह-कोषाध्यक्षमा राम मोक्तान तामाङ चयन भएका छन् ।

त्यस्तै संस्थाको सदस्यहरुमा क्रमश: रोहित मोक्तान तामाङ, आशा लोप्चन तामाङ , पुजा योन्जन तामाङ, कमल तामाङ, सुनिल रुम्बा तामाङ, सुशीला दोङ तामाङ, रिना तामाङ, काव्या क्षेत्री तामाङ र हेमा वाइबा तामाङ चयन भएका छन् ।
यसैविच संस्थाको संरक्षकमा  बिक्रम मोक्तान तामाङ रहेका छन् भने  प्रमुख सल्लाहकारमा निर्मला स्याङ्वो तामाङलाई चयन गरिएको छ । त्यस्तै  सल्लाहकारहरुमा तेज बहादुर तामाङ, भारती तामाङ , सुमित्रा मोक्तान तामाङ, र  निरु मोक्तानलाई चयन गरिएको छ ।  त्यस्तै संस्थाको मिडिया सल्लाहकारमा कृष्ण भण्डारीलाई चयन गरिएको नव निर्वाचित महासचिव अनुराज मोक्तानले ए1नेपाल डट कमलाई जानकारी दिनुभयो ।

कार्यक्रमको समापन  गर्नुहुदै कार्यक्रमकी सभापती निर्मला स्वाङ्वा तामाङले  आफ्नो अध्यक्षतामा रहेको एक बर्षे कार्यकाल अत्यन्तै सफलतापूर्ण रहेको बताउनुहुदै यस अवधिमा आफूलाई दिलो ज्यानले सहयोग गर्नुहुने संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्नुभएको थियो । उहाँले नव निर्वाचित कार्यसमितीलाई सफल तथा उल्लेख्य कार्यकालको लागि सुभकामना दिनुहुदै कार्यक्रमलाई सफल वनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहकर्मी साथीहरुलाई हार्दिक धन्यवाद दिनुभएको थियो ।

कार्यक्रमको शुरुवातमा कार्यक्रमकी सभापति, प्रमुख अतिथी र विशेष अतिथीद्वारा दिप प्रज्वलन गरी संस्थाको लोगो अंकित केक काटेर  कार्यक्रमको शुरुवात गरिएको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...