इजरायलमा २०५औं भानु जयन्ती, ‘मृत सागरको सुस्केरा’ विमोचित

Published Date: July 15, 2018

इजरायलमा इजरायली भुमीमा रहेर साहित्यिक सृजनामा तल्लिन १७ जना श्रमजिवी साहित्यकार महिलाहरुको अनुभुति संग्रह “मृत सागरको सुस्केरा” को विमोचन गरिएको छ ।

  नेपाली भाषा साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्म जयन्तीको अवसरमा  इजरायलमा रहेका विभिन्न साहित्यक संघ संस्थाहरुको संयुक्त आयोजनामा इजरायलको तेलअभिवमा आयोजित  २०५ औं भानु जयन्ती विशेष साहित्यिक तथा सांस्कृतिक कार्यक्रमका दौैरान उक्त कृति विमोचन गरिएको हो ।

अन्तराष्ट्रिय साहित्य समाज इजरायल च्याप्टर, साहित्यिक चौतारी नेपाल, इजरायल, अन्तराष्ट्रिय कलाकार समाज इजरायल र अन्तराष्ट्रॅिय कलाकार मञ्च इजरायलको संयुक्त आयोजनामा गत १४ जुलाई शनिवारमा विशिष्ट साहित्यानुरागीहरुको उलेख्य उपस्थितीमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि  इजरायलकालागि नेपाली महामहिम राजदूत निरञ्जन कुमार थापा लगायत कार्यक्रमका सभापति अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायलका अध्यक्ष भोजराज क्षेत्री,  इजरायलका लागि पर्यटन तथा सांस्कृतिक सद्भावना दुत तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायलकी अध्यक्ष  साहित्यकार भगवती वस्नेत, विशेष अतिथि एनआरएनए इजरायल अध्यक्ष छिरिङ लामा शेर्पाले सयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका थिए ।

साहित्यकार भगवती वस्नेतको संयोजनामा तयार गरिएको वि एन पुस्तक संसारले प3काशन गरेको उक्त कृतिमा इजरायलवासी नेपाली साहित्यिक सर्जकहरु लक्ष्मी अनुरागी, भगवती बस्नेत, दीपिका भुसाल, दीया चापागाई, कल्पना सञ्जेल, कमला भण्डारी, मनीषा प्रसार्इं, निशा अर्याल, निशा क्षेत्री कटवाल, नुतन भुसाल, सावित्रा लुइँटेल घिमिरे, संगीता आचार्य, सानु खतिवडा, सीता अधिकारी, सुमित्रा घिमिरे दवाडी, सुनीता राई सुब्बा र बुद्धदेवी लिम्बूका अनुभुतिहरु समेटिएका छन् । भौतिक पूर्वाधारका हिसाबले सम्पन्न इजरायलमा आकर्षक तलब पाएर श्रम बेचिरहेका नारी–लेखिकाहरूले इजरायलको सम्पन्नता, भव्यताको बयान गरेका छन् नै, त्यत्ति नै देशमा रहेका सन्तान, नातागोतालाई सम्झिएर तड्पिएका पनि छन् । सन्तानको सम्झनामा उब्जिएका तड्पाइ र विदेशको आकर्षक तलबबीचको तालमेल मिलाउने क्रममा मानसिक तनावमा फस्नुपर्ने अवस्थालाई पनि लेखिकाहरूले शब्द बद्ध गरेका छन् ।

प्रमुख अतिथी  महामहिम राजदूत निरञ्जन कुमार थापाले शुभकामना मन्तव्य दिने क्रममा इजरायलको व्यस्त दैनिकीको वावजुधपनि नेपाली साहित्यमा समर्पित भएर यस किसिमका कृतिहरुहरु प्रकाशन गर्न सक्नु अत्यन्तै सह्रानिय र प्रशंसायोग्य रहेको बताउदै १७ जना साहित्य सर्जकहरुलाई सुभकामना तथा वधाई ज्ञापन गर्नुभयो ।   राजदूत थापाले नेपाली साहित्यमा आदिकवी भानुभक्त योगदानको चर्चागर्नुहुदै  यसरी विदेशी भुमीमा पनि एक आपसमा जमघट भई विभिन्न किसिमका कार्यक्रमहरु आयोजना हुदा आफूभित्र लुकेर रहेका प्रतिभाहरु प्रस्फुटन हुने र त्यसलाई अझै तिखारिने अवसरको साथमा नेपाली नेपाली विच एकता र आपसी भाईचाराको सम्वन्ध वढाउन समेत मद्दत मिल्ने भएकाले यसरीनै निरन्तर कार्यक्रमहरु आयोजना भइरहनुपर्नेमा पनि जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा  नेपाली भाषा साहित्यको अन्तराष्ट्रिय विस्तारका लागि  सृजनात्मक र संगठनात्मक रुपमा  निरन्तर रुपमा समर्पित रहदै विशिष्ट योगदान दिए वापत इजरायलका लागि पर्यटन तथा सांस्कृतिक सद्भावना दुत तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायलकी अध्यक्ष  साहित्यकार भगवती वस्नेतलाई  नइ गणेशदुर्गा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको थियो ।  नई प्रकाशनद्वारा   नगद १ लाख रुपैयाँ र प्रमाणपत्र सहित प्रदान गरिने उक्त पुरस्कार बार्षिक रुपमा प्रदान गर्ने गरिन्छ । महामहिम राजदूत थापाको हातबाट उक्त पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य तथा रचना बाचन गर्नेहरुमा विशेष अतिथी एनआरएनए इजरायल अध्यक्ष छिरिङ शेर्पा, कार्यक्रम संयोजक अन्तराष्ट्रिय कलाकार मञ्च इजरायलकी उपाध्यक्ष दाना श्रेष्ठ,  साहित्यकार साबित्रा लुईँटेल घिमिरे, साहित्यकार मुना आत्रेय, साहित्यकार निशा अर्याल, साहित्यकार सुर्य राना मगर, समाजसेवी सुमित्रा भण्डाकी, साहित्यकार सुरेन्द्र प्रसाई, साहित्यकार वसु श्रेष्ठ, साहित्यकार राज लिम्वु लगायत थिए ।

साहित्यकार नुतन भुसालले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रमको समापन गर्नुहुदै सभापती भोजराज क्षेत्रीले नेपाली साहित्यको विकास र विस्तार गर्दै यस बिधामा कलम चलाउनु हुने सहिित्यिक मनहरुलाई हौसलाको उर्जा प्रदान गर्दै  कार्यक्रममा सहभागी सम्पूर्ण साहित्यिक मनहरुप्रति आभार प्रकट गर्नुभएको थियो । उहाँले कार्यक्रम सम्पन्न गर्न आहम भुमिका निवाह गर्नुहुने सम्पूर्णप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न गीत संगित तथा नृत्यहरु पनि प्रस्तुत गरिएका थिए भने मिठो मिठो खानाका परिकारहरु समावेश गरिएका थिए ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...