मासिदै सुन्दर झिमरुक : क्रंकिटको बस्तीमा परिणत खेतियोग्य फांट

Published Date: July 25, 2018

सलिम अन्सारी

प्युठान । पहाडी भुभाग, वरीपरी हरियाली, समथर भुमी । हेर्दै मन लोभ्याउने दृष्य ।

सलिम अन्सारी

प्युठान । पहाडी भुभाग, वरीपरी हरियाली, समथर भुमी । हेर्दै मन लोभ्याउने दृष्य । त्यो हो प्यूठानको झिमरुक फाँट ।

प्युठान पहाडी जिल्ला हो । तर, दाङको भालुवाङबाट पहाडै पहाडको बाटो भएर हिड्नेहरु झिमरुकको दृश्य हेरेर नलोभिने सायद कमै होलान् । सामान्यतय प्यूठान भित्रिने जो कोहीको पनि पहिलो नजर यसै फाँटमा पर्छ ।

झिमरुक फाँटको दृश्यले जति सायद अन्य फाँटले अरुको मन त्यति तान्न पनि सक्दैन होला । तर दुर्भाग्य, झिमरुक क्रंकिटको शहर बन्न थालेको छ । फाँटहरु क्रंकिटले ढाँकिएको छ ।

झिमरुक फाँटमा अहिले बस्ती बाक्लिएको छ । पहेलपुर धान फल्ने खेतहरु घरैघरले भरिन थालेका छन् । शहरीकरण बढ्दो छ । वर्षेनी २ सय भन्दा बढी घरहरु बनिरहेका छन् । खेतमा बनाइएका प्लटिङमा धमाधम नयाँ घर बनिरहेका छन् । र, बस्ती बिस्तारसँगै विनास पनि सुरु भएको छ ।

घरघडेरी मात्रै होइन, बर्षेनी झिमरुक नदीको बाढीले फाँटको क्षेत्रफल क्रमस घटाउँदै लगेको छ । खोलाको सतह नै अग्लिएको झिमरुक नदीले हजारौं रोपनी झिमरुकको उर्वर फाँट बर्सेनि मास्दै गएको छ ।

नदी किनारका बस्तीसमेत उच्च जोखिममा छन् । खोलाले ठूलावेसीदेखि बरौलासम्मको खेत कटान गरिरहेको छ । अन्नको भण्डारण भनेर चिनिने झिमरुक उपत्यकामा पर्ने विजुवार, धर्मावती ९ खप्रेङखोला, गेजवाङ, दम्ती, मरन्ठाना, सारीवाङ, विजयनगरसहित रस्पुरकोट, विजुली, बरौला, पकला, रम्दी र धुवाङ क्षेत्रमा पर्ने खेतहरु बर्सेनि कटानको चपेटामा पर्छन् ।

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय विजुवारमार्फत झिमरुक नदी नियन्त्रणका लागि वर्षेनी करोडौँ रकम खर्चिए पनि प्रभावकारी उपलव्धि नदेखिएको स्थानीय बताउँछन् । गाउँगाउँमा मोटरबाटो निर्माण गर्दा निस्किएको माटो, ढुंगा भलले बगाउँदा खोला अग्लिएको हो ।

सडक निर्माण गर्दा निस्किएका ढुंगा, माटो सिँधै खोलामा पस्दा नदीको बहाव परिवर्तन हुने चिन्ता स्थानीयको छ । वातावरण प्रभाव मूल्यांकनबिना नै सडक निर्माण गर्दै गएमा उर्वरभूमी झिमरुक फाँट ‘कंक्रिट’ बन्दै जाने देखिएको छ ।

खेतीयोग्य भुमिमा बस्ती बिस्तार भएसँगै सिँचाइ सुविधासम्पन्न झिमरुक फाँटका खेतहरुको निसाना मेटिँदै गएको छ । बाग्दुला, दम्ती खप्रेङखोला, बिजुवार, टिकुरी, पुण्यखोला, रातमाटा, क्वाडी जताततैबाट सडकहरु खोलिएका छन् ।

कुरुप झिमरुक, कुरुप चिन्ता
राज्यको भूउपयोग नीति स्पष्ट नहुँदा हरियाली फाँट मासिदाँ मन कसैको दुखेको छैन । र, यसलाई जोगाउन कसैको ध्यान पनि गएको छैन । बरु कसरी यो फाँटमा एउटा राम्रो घर बनाउन सकिएला भन्ने चिन्ता चाहीँ सबैलाई छ ।

लहलह धान झुल्ने झिमरुक फाँट कुरुप बनेको धेरै भएको छैन । स्थानीयका अनुसार झण्डै ७/८ वर्ष अघिसम्म झिमरुक फाँट धक्कै बलेको थियो प्युठान नगरपालिका कृषि बिभागका बाली संरक्षण अधिकृत तेजबहादुर बिष्ट्रका अनुसार झिमरुक फाँटको ३५० हेक्टर क्षेत्रफल जमिन घडेरीको रूपमा प्रयोग भइसकेको छ ।

‘झिमरुकको बाढीले समेत बर्सेनि खेत कटान गर्दै आएको छ’ उनी भन्छन्, ‘जोगिएको फाँटमा घर बन्ने गर्ने क्रम बढ्दो छ । रोकिएको छैन । फाँट मासिँदा बर्सेनि खाद्यान्न उत्पादन घट्दै गएको छ ।’

वार्षिक २०/२५ हेक्टर खेतीयोग्य जमिन घडेरीमा परिणत भइरहेका छन् । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराको अभावमा गाउँबाट मानिस सहरी क्षेत्रमा झर्दा बस्ती बढेको हो ।

कुरा मात्रै ठूला
झिमरुक फाँट जोगाउने कुरा धेरैपटक भए, योजना पनि बनाइए । तर, प्लटिङ रोकेर भूमिको सही उपयोग गर्ने नीति जिल्लाले बनाउन सकेको छैन ।

जिविसले प्यूठान जिल्लाको उर्भर भूमि झिमरुक फाँटमा प्लटिङ गर्न रोक लगाउने निर्णय गरेको वर्षौं भइसकेको छ । योसँगै प्यूठान नगरपालिकाको पहिलो परिषद्ले भिमरुक फाँटमा प्लटिङ गर्न रोक लगाउने निर्णय गरेको थियो । नगरपालिकाले ५ वर्षे आवधिक नगर बिकास योजना बनाएर कृषि क्षेत्रलाई पहिलो प्राथमिक्तामा राखेको पनि छ ।

नगरपालिकाको बिजुवार टारी, खलंगा पाण्डेडाडाँ, थापाडाडाँ, विजयनगर, सापडाडाँ, रातामाटा, क्वाडी क्षेत्रमा बस्ती क्षेत्र विकास गर्ने, झिमरुक, क्वाडेकुलो भन्दा तल बस्ती बसाल्न नपाइने नीति पास गरेको छ । बनेका सडकहरूको लगत लिने सडक सार्वजनिक गरेर मात्र जमिनको कित्ताकाट गरेर घरघडेरी बिक्री गर्ने निर्णय गरेको थियो ।

तर, यो कार्यान्वयन फितलो भएको छ । स्थानीय समाजसेवी लोकबहादुर बस्नेतले झिमरुक फाँटलाई जोगाउने हो भने जिल्लाको अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ । ‘जिल्लामा खाद्यान्न संकटलाई कम गर्न फाँटको विशेष योगदान छ’ उनी भन्छन्, ‘यसलाई जोगाउनुपर्छ ।’

अव्यवस्थित बस्ती बिस्तारले प्यूठानकै सौन्दर्यता गुम्ने खतरा छ । त्यसैले अहिले ‘झिमरुक फाँट बचाउ अभियान’ मा धेरैको आशा र भरोसा रहेको प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपति बताउँछन् ।

उनले चुनाब जितेको वर्ष दिन बित्यो । तर, झिमरुक फाँट जोगाउने काममा अहिलेसम्म सिन्कोसम्म भाँचेका छैनन् । ‘फाँट जोगाउने विषयमा भुउपयोग नीति बनाउदै छौं’ उनी भन्छन्, ‘९ महिनाभित्रै सक्नेगरी गुरुयोजना बनाएर अघि बढ्दैछौँ । हाललाई प्लटिङ गर्न रोक लगाएका छौँ ।’

----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...