बझाङमा पहिरोमा परी चारजनाको मृत्यु

Published Date: July 21, 2018
आफन्त गुमाएपछि भावविह्वल आफन्त

बझाङ : बझाङको खप्तड छान्ना गाउँपालिका-६ बयानामा पहिरोमा परी एकै परिवारका तीनसहि चारजनाको मृत्यु भएको छ।

पहिरोमा परी अन्य दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा खप्तड छान्ना गाँउपालिका वडा नम्बर ६ का ४५ वर्षीया उजलीदेवि थापा, उनकी बुहारी ३२ वर्षीया महेश्वरी थापा, उनका ६ वर्षीया छोरा कृष्ण थापा र गाँउका २० वर्षीय मंगल थापा रहेको घटना स्थलमा खटिएका वडा सदस्य प्रेमबहादुर थापाले जानकारी दिए।

घटनामा सोही गाउँका ५ वर्षीया कविराज थापा र रिकेश थापा घाइते छन्। गाउँ नजिकै रहेको शिव मन्दिर गलेगडामा पहिरो जाँदा बाटोमा हिड्दै गरेका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ।

उजली,  महेश्वरी र कृष्ण एकै परिवारका हुन्। महेश्वरी थापा वडा नम्बर ६ की महिला स्वास्थ्य स्वयम्सेविका हुन्। घर बाट घाँस लिएर चौपाया भएको ठाउँमा जाँदै गर्दा उनलाई बाटोमै पहिरोले पुरेको थियो।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...