एनआरएनएको मुल आयोजनामा इजरायलमा तीज विशेष सांगितिक कार्यक्रमको आयोजना गरिदै

Published Date: July 25, 2018

एन आइ न्यूज इजरायल,

इजरायलमा रहेका नेपाली दिदि वहिनीहरुले नेपाली नारीहरुको महान पर्व हरितालिका तीज गएका बर्षहरुमा जस्तै यो बर्ष  पनि चर्चित राष्ट्रिय कलाकारहरुको उपस्थितीमा विशेष कार्यक्रमको आयोजना गरी मनाउने भएका छन् ।

रोजगारीका लागि परदेशिएका नेपालीहरु बर्ष दिनमा आउने चाडबाड मनाउन घरदेश जान असहज हुने हुदा कर्मभुमीमै आफ्ना लोकप्रिय कलाकारहरुलाई आमन्त्रण गरी उनीहरुसँग रम्दै चाडबाट मनाउने क्रममा  यस बर्ष  गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी)  इजरायलको मुल आयोजना  तथा इजरायलमा  रहेका खेल प्रेमी युवाहरुको समुह साथै इजरायलमा रहेका विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा आगामी १४ सेप्टेम्वर शुक्रवार दर भोज तथा तीज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरिएको तीज विशेष कार्यक्रमकी संयोजक एनआएरएन इजरायलकी वरिष्ठ उपाध्यक्ष शान्ता ज्ञवाली अधिकारीले एवान नेपाल डट कमलाई जानकारी दिनु भयो ।

कार्यक्रमबाट सम्पूर्ण खर्च कटाई  प्राप्त मुनाफालाई धुर्मुस सुन्तलीको अग्रतामा निर्माण गर्न लागिएको क्रिकेट स्टेडियमको लागि सहयोग गरिने आयोजकले जानकारी गराइएका छन् ।  कार्यक्रम स्थान र कलाकारहरुको बारेमा विस्तृत जानकारी मुल आयोजक समितीको अर्को बैठकबाट निर्णय गरी सार्वजनिक गरिने जनाइएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...