प्रदेश समृद्ध बनाउन कृषिलाई आधुनिकीकरण गर्नुपर्छ : मुख्यमन्त्री पोख्रेल

Published Date: July 29, 2018

सागर रिजाल
१३, साउन प्युठान । प्रदेश नंम्बर ५ का मुख्यमन्त्रि शंकर पोखे्रलले कृषिलाई आधुनिकिकरण गरे मात्र देशको विकास सम्भव भएको बताउनुभएको छ । आईतबार प्युठान नगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा ५ वर्षल देखि १२ वर्ष उमेर समुहका बालबालिकाहरुको पूर्ण भर्ना सुनिश्चिता घोषणा कार्यक्रमको सम्बोधन गर्दै मुख्यमन्त्रि पोख्रेलले कृषि गर्न परम्परागत शैलिलाई परिवर्तन गरि तत्कालै आधुनिकिकण गर्न उहाँले बताउनुभयो ।

घोषणा सभाका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्रि पोख्रेलले राजनीतिक उदेश्य भनेको समाजलाई बदल्नु हो त्यसकारण अब नेपाली जनताको विकासको आंकक्षााई कसैले रोक्न सक्दैेन । ‘हाम्रो मुलुकमा योजनावद्ध तरिकाले विकासको यात्रा भईसकेको छ , मुख्यमन्त्रि पोख्रेलले भन्नुभयोे,–‘हामी अब पछाडी फर्कने कुनै चान्स हुदैन । ’प्रदेश सरकारले कृषिमा रुपान्तण गर्न स्मार्ट खेति कार्यक्रम संञ्चालन गरेको उहाँले बताउनुभयो । जग्गा नभई कृषि गर्न चाहँने किसानको लागि लिजमा जग्गा लिई खेति गर्ने अभियान सुरु गरेको उनले जानकारी दिए । किसानले उत्पादन गरेको अन्नवालीलाई सहकारीको माध्यमबाट बजार सम्म पु¥याउनको लागि प्रदेश सरकार लागि परेको उहाँले बताउनुभयो ।

काम पाईन भन्ने दिन हराए,‘पोख्रेलले भन्नुभयोे,‘झिमरुकको फाँटमा सुन फलाउनुस ।’ प्रदेश सरकारले खेल क्षेत्रमा विकास गर्नका लागि जिल्लाका गाउँपालिकाको हकमा रु ५० लाख र नगरपालिकाको हकमा रु ७५ लाख रकम विनियोजन गरेको उहाँले बताउनुभयो । स्वर्गद्धारी पर्यटकीय रुपमा विकास गर्न, मदन भण्डारी लोकमार्गको विकास गर्न, प्रदेश सरकार तत्पर भएको उहाँले बताउनभयो । प्युठान नगरपालिकाले नगरक्षेत्रभित्र रहेका सामुदायिक र नीजि विद्यालय गरि ६२ वटा विद्यालयमा ९२ प्रतिशत बालबालिकाहरु विद्यालयमा भर्ना भएको आधारमानि बालबालिकाहरुको पूर्ण भर्ना सुनिश्चिता घोषणा गरेको नगरप्रमुख अर्जुन कुमार कक्षपतिले बताउनुभयो ।
प्रदेश सरकारलाई मागपत्र पेश

प्युठान नगरपालिकाको आयोजना तथा कालिका विकास केन्द्र नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा भएको घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले १४ बुदे मागपत्र पेश गर्नुभएको छ । उहाँले जिल्लाका ९ वटा स्थानीय तहसंग सहकार्य गरि मागपत्र पेश गरेका हुन् । स्वर्गद्धारी बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पसको रुपमा स्वीकृत गर्ने, चाल्नेटार विमान स्थललाई अभिल्मबन गर्ने , विभिन्न जिल्ला जोडने सड्कसञ्जालको स्तरउन्नती गर्ने, जिल्लाका १३ वटा वडा स्वास्थ्यचौकी विहिन भएकोले तुरुन्तै स्वास्थ्य चौकीको स्थापना गर्नुपर्ने लगाएतका मागहरु पेश गरेका थिए । त्यस्तै जिल्ला बालसञ्जाल प्युठानका अध्यक्ष प्रेम विश्वकर्माले बालबालिकाका क्षेत्रमा ७ बुदे मागपत्र पेश गर्नुभएको छ । मागपत्रमा बालबालिकालाई मदिरा विक्रि वितरणमा वन्देज लगाईनुपर्ने , प्युठान संगै ५ नंम्बर प्रदेशलाई बालश्रममुक्त बनाउन रणनीतिक योजना तयार गरिनुपर्ने, अभिभावक विहिन बालबालिकाको संरक्षण राज्ले गर्नुपर्ने लगाएतका ७ बुदे मागपत्र पेश गरेका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...