इजरायलमा तीज मनाउने तयारी तिब्र

कलाकारहरुको टुंगो लाग्यो

Published Date: August 3, 2018

एन आइ न्यूज इजरायल,

इजरायलमा यसपाली पनि नेपालका ख्यातीप्राप्त  राष्ट्रिय कलाकारहरुको उपस्थितीमा हरितालिका तीज विशेष कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाउने तयारी गरेसँगै मुल आयोजक समितीले कार्यक्रममा सहभागी रहने राष्ट्रिय कलाकारहरुको परिचय सार्वजनिक गरेको छ ।

यसपालीको तीजमा पछिल्लो समयमा तीजकै गीतको लागि पहिलो ट्रेन्डमा रहँदै आएकी लोकप्रिय गायिका उमा श्रेष्ठ लगायत ख्यातीप्राप्त लोक गायक रामजी खाँड र लोक, पप, आधुनिक लगायत दर्जनौ सिनेमाहरुमा पार्श्व गीत दिइसकेकी अहिलेकी चर्चित गायिका माण्डवी त्रिपाठीले यसपाली इजरायलवासी नेपालीहरुलाई आफ्नो जन्मभुमीको तीजको झझल्कोलाई मेटाउने गरी भरपुर मनोरञ्जन दिने जमर्को गरेका छन् ।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी)  इजरायलको मुल आयोजना  तथा इजरायलमा  रहेका खेल प्रेमी युवाहरुको समुह र विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा आगामी १४ सेप्टेम्वर शुक्रवार विशेष दर भोजको साथमा आयोजना गरिन लागिएको उक्त कार्यक्रम तेलअभिव नजिकै रहेको वाइजमान मार्ग ६० (60 Wizeman, Telaviv) स्थित सानदार हलमा  शुक्रवार साँझको ठिक ८ बजेबाट शुरु  गरिने पनि आजकले जानकारी दिएका छन् । कार्यक्रम शुरु हुनुपूर्व कार्यक्रमहल अगाडि तीजको दरभोज खाने व्यवस्था रहेको पनि जनाइएको छ ।

‘हरितालिका तीज उत्सव  २०७५’ नाम दिइएको उक्त कार्यक्रमको आयोजकहरुमा खेलकुदप्रेमी युवा समुह, प्रवासी नेपाली नागरिक समाज, इजरायल, अन्तराष्ट्रिय नेपाली कलाकार समाज,  चितवन समाज इजरायल, रुपन्देही समाज  इजरायल,  इजरायल गोर्खा एसोसिएसन, हिन्दु जागरण नेपाल अभियान, इजरायल, ओम जन जागरण इजरायल, भोजपुर सेवा समाज, प्रवासी नेपाली एकता समाज, इजरायल, मातृभुमीका लागि पर्वत सेवा समाज इजरायल, राष्ट्रिय तामाङ घेदुङ, इजरायल रहेको कार्यक्रम  व्यवस्थापक एनआरएनए-एनसिसी इजरायलका महासचिव तेन्जीन शेर्पाले जानकारी दिए ।

कार्यक्रमबाट सम्पूर्ण खर्च कटाई  प्राप्त मुनाफालाई धुर्मुस सुन्तलीको अग्रतामा निर्माण गर्न लागिएको क्रिकेट स्टेडियमको लागि सहयोग गरिने आयोजकले जानकारी गराइएका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...