इजरायलमा आयोजना गरिदै गरेको “हरितालिका तीज उत्सव 2075′ को सम्पूर्ण तयारी पुरा

आशनग्रहण र भासनमा कार्यक्रम नअल्झिने आयोजकको प्रतिवद्दता

Published Date: August 30, 2018

एन आइ न्यूज इजरायल,

इजरायलमा ख्यातीप्राप्त  राष्ट्रिय कलाकारहरुको उपस्थितीमा आयोजना गरिदै गरेको  हरितालिका तीज विशेष कार्यक्रम “हरितालिका तीज उत्सव   २०७५” को सम्पूर्ण तयारी पुरा भएको छ ।

पछिल्लो समयमा तीजकै गीतको लागि हिट लिस्टमा रहदै आएकी लोकप्रिय गायिका उमा श्रेष्ठ लगायत ख्यातीप्राप्त लोक गायक रामजी खाँड र लोक, पप, आधुनिक लगायत दर्जनौ सिनेमाहरुमा पार्श्व गीत दिइसकेकी  चर्चित भर्सटाइल गायिका माण्डवी त्रिपाठीको साथमा इजरायलरमा रहेका कलाकारहरुको समेत बेजोड मनोरञ्जनात्मक प्रस्तुती रहने  छ । कलाकारहरुले भिडियो निमन्त्रणा सार्वजनिक गर्दै कार्यक्रममा सहभागाति जनाइदिनुहुन सम्पूर्ण इजरायलवासी नेपालीहरुमा हार्दिक अनुरोध गरेका छन् ।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी)  इजरायलको मुल आयोजना  तथा इजरायलमा  रहेका खेल प्रेमी युवाहरुको समुह र विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा आगामी १४ सेप्टेम्वर शुक्रवार विशेष दर भोजको साथमा आयोजना गरिन लागिएको उक्त कार्यक्रम तेलअभिव नजिकै रहेको वाइजमान मार्ग ६० (60 Wizeman, Telaviv) स्थित सानदार हलमा आयोजना गरिने छ ।

शुक्रवार साँझको ठिक ७ बजेबाट नै शुरु  गरिने कार्यक्रम निर्धारण गरिएको उक्त कार्यक्रम शुरु हुनुपूर्व कार्यक्रम हल अगाडि तीजको दरभोज खाने व्यवस्था गरिएको बताएएको छ । आयोजक समितिले यस अघिका कार्यक्रमहरु पुर्व निर्धारित समयमा शुरु हुन नसक्ने, शुरु भइ हाले पनि आशन ग्रहण, भाषण लगाएत औपचारिक कार्यक्रमहरुमा अल्झिदा  १२ बज्दा तीजको ब्रत बसी भोकाएका दिदीवहिनीहरुमा पर्न गएको असुविधालाई मध्यनजर गरी यसपटक कार्यक्रम सिधै अनौपचारिक सांगितिक माहोलमा प्रवेश गर्ने आयोजकले प्रतिवद्दता जाहेर गरेका छन् । आयोजकले दरभोज ग्रहण गरी सिधै रमाउने मुडमा हल प्रवेश गर्दा फरक नपर्ने बताएका छन् ।

एनआरएनए एनसिसी इजरायलको मुल आयोजकत्व रहेको ‘हरितालिका तीज उत्सव  २०७५’ नाम दिइएको उक्त कार्यक्रमको आयोजकहरुमा खेलकुदप्रेमी युवा समुह, प्रवासी नेपाली नागरिक समाज, इजरायल, अन्तराष्ट्रिय नेपाली कलाकार समाज,  चितवन समाज इजरायल, रुपन्देही समाज  इजरायल,  इजरायल गोर्खा एसोसिएसन, हिन्दु जागरण नेपाल अभियान, इजरायल, ओम जन जागरण इजरायल, भोजपुर सेवा समाज, प्रवासी नेपाली एकता समाज, इजरायल, मातृभुमीका लागि पर्वत सेवा समाज इजरायल, राष्ट्रिय तामाङ घेदुङ, इजरायल हेल्पिङ हर्ट्स इन इजरायल र नेवा: खल इजरायल रहेको कार्यक्रम  संयोजक एनआरएनए-एनसिसी इजरायलकी वरिष्ठ उपाध्यक्ष शान्ता अधिकारी ज्ञवालीले एवान नेपाल डट कमलाई जानकारी दिनुभयो ।

ध्रुमुस सुन्तली फाउन्डेसनद्वारा निर्माण योजनामा रहेको क्रिकेट स्टेडियम निर्माणार्थ आयोजना गरिदै गरेको उक्त कार्यक्रममा सहभागी भइ भरपुर मनोरञ्जन लिदै राष्ट्र निर्माणको महाअभियानमा सहभागिता जनाउन आयोजकले अुरोध गरेका छन्  ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...