राप्रपा एकतावारे पूर्व युवराज पारसको चासो, यथासिघ्र पार्टी एकता गर्न सुझाब

Published Date: September 1, 2018

राजसंस्थानिकट मानिने राप्रपा दलबीचको एकताबारे पूर्वयुवराज पारस शाहले चासो राखेका छन् । राजनीतिबारे सार्वजनिक रूपमा कुनै टिप्पणी नगरेका पारसले राप्रपा धारका तीन दलका युवा नेतालाई एकै ठाउँमा बोलाएर पार्टी एकताबारे चासो व्यक्त गरेका हुन् । पारसले जतिसक्दो चाँडो पार्टी एकता गर्न सुझाब दिएका छन् ।

पार्टी एकताले राष्ट्रवादी शक्ति बलियो हुने र हिन्दू राजसंस्था स्थापनाका लागि थप बल पुग्ने धारणा पूर्वयुवराज शाहले राखेका थिए । पहिलो पटक राजनीतिक दलका नेतासँग सामूहिक छलफल गरेका शाहले मुलुकभर भइरहेका हत्या, हिंसा र बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गरेका थिए । शाहले राष्ट्रवादी शक्ति विभाजित नभई एक ठाउँमा उभिँदा राजतन्त्रसहितका मुद्दाको पक्षमा जनलहर बढ्ने विश्वास व्यक्त गरेको राप्रपा एक नेताले बताए ।
भेटघाटमा राप्रपाका तर्फबाट टंक ढकाल, जयन्त चन्द, राप्रपा प्रजातान्त्रिकबाट प्रवक्ता राजेन्द्र गुरुङ, सुरेश आचार्य, सगुन लावती, राप्रपा राष्ट्रवादीबाट केशव विष्ट, सुष्मा आचार्यलगायत नेता सहभागी थिए ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...