कीर्तिपुरमा बन्धक बनाएर चार दिनदेखि दुई बालिकालाई बलात्कार

Published Date: September 10, 2018

काठमाडौं, २५ भदौ ।

काठमाडौं कीर्तिपुरमा दुई जना बालिकालाई चार दिनदेखि बन्धक बनाएर बलात्कार गरेको खुलासा भएको छ । १३ र १४ वर्षका दुई बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेमा कीर्तिपुर–७, हनुमानघाटमा कोठा भाडामा लिएर बस्ने २५ वर्षीय हेम खत्रीलाई पक्राउ गरेको हो ।

उनलाई महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डिएसपी अनिलकुमार खड्काको टोलीले पक्राउ गरेको हो ।

पीडितमध्येकी एकजना बालिकालार्इ खत्रीले अाइतबार साँझ बलात्कार गरि बल्खुमा लगेर बेवारिशे अवस्थामा छोडेपछि उनले आफ्ना अभिभावकलार्इ खबर गरेकि  थिइन् । अभिभावकले थाहा पाएपछि प्रहरीमा परेको उजुरीको अाधारमा खाेजतलास गर्दा अर्की बालिका पनि भेटिएको  डिएसपी खड्काले बताए । पीडित बालिकाहरुको स्वास्थ्य जाँचपछि अाइतबार नै अभिभावकलार्इ जिम्मा लगाइएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको प्रहरीले बताएकाे छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...