एलजीको ‘चाडपर्व विशेष छुट योजना’

Published Date: September 27, 2018

शुभदसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी एलजीले चाडपर्व छुट योजना ल्याएको छ । योजनाअन्तर्गत प्रत्येक एलजीका सामानको खरिदमा ३६ प्रतिशतसम्म नगद छुट तथा आकर्षक उपहारको व्यवस्था गरेको जनाएको छ ।

एलजीका ६५ देखि ५५ इन्चका ओएलइडी तथा एसयुएचका खरिदमा साउन्ड बार साथै ५५ देखि ४५ इन्चका युएचडीको खरिदमा अडियो सिस्टम उपहारमा राखिएको कम्पनीले जनाएको छ । त्यस्तै ४३ र ४५ इन्चको स्मार्ट टिभीमा म्याजिक रिमोट र ४३ इन्चको युएडी र ४५ इन्चको स्मार्टमा ब्लुटुथ स्पिकर तथा ३ हजार ६ सय रुपैयाँसम्म नगद फिर्ता पाइने कम्पनीले जनाएको छ । एलजीका प्रत्येक स्मार्ट तथा एलइडी टिभीमा २ वर्षको वारेन्टी रहेको छ ।

त्यस्तै, प्रत्येक एलजीका म्युजिक सिस्टमको खरिदमा २५ प्रतिशत क्यासब्याकको योजना रहेको छ । रेफ्रिजेरेटरको खरिदमा भ्याकुम क्लिनर तथा पिजा मेकर वा मिक्सर ग्रिन्डर उपहारमा राखिएको छ । वासिङ मेसिनको खरिदमा एलजीको सुपर कुकर र ड्राई आइरन पाइने कम्पनीले जनाएको छ । माइक्रोवेभ ओभन खरिद गर्दा कुकिङ किट र एयर कन्डिसनरको खरिदमा जडान निःशुल्क गरिदिने कम्पनीले जनाएको छ ।

नेपालभर असोज ११ देखि सीमित अवधिसम्म लागू हुने योजनामा प्रत्येक ओएलइडी, एसयुएचडी, युएचडी तथा स्मार्ट टिभीमा निःशुल्क नेट टिभी र लाइभ च्यानल रहेको कम्पनीले जनाएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...