इजरायलको नतानियामा एक नेपाली चेली सडक दुर्घटनामा परी सख्त घाइते

Published Date: October 10, 2018

ए1न्यूज इजरायल इजरायलको नतानियामा एक नेपाली चेली सडक दुर्घटनामा परी सख्त घाइते भएकी छिन् । दामी लामा नाम गरेकी ती नेपाली चेलीलाई दुर्घटना पश्चात फारसेभाको मेयर अस्पताल पुर्याइएको उनी कार्यरत इस्राल्याण्ड म्यानपावरकी एमीले ए1नेपाल डट कम लाई जानकारी दिएकी छिन् । आकस्मिक वार्डमा राखिएकी दामी लामाको  तत्कालै आकस्मिक सल्यक्रिया  गरिएको पनि एमीले जानकारी दिएकी छिन् ।

१० अक्टूवर वुधवार रातको करिव साढे १० बजे नतानियाको माभार खत्सिया स्ट्रिटमा उभिइरहेकी दामी लामालाई निजि कारले ठक्कर दिएको थियो । ठक्कर दिए लगत्तै अस्पताल पुर्याइएकी दामी लामाको इजरायल प्रहरीले मोवाइळ फोन मार्फत नम्वर पत्ता लगाइ उनको एम्प्लोयरलाई खवर गरेको थियो । तत्पश्चात एम्प्लोयरले उनको एजेन्सीलाई खवर गरेको थियो ।

उनको अवस्था बारे विस्तृत रुपमा खवर हामीमाझ आइ नपुगे पनि उनको टाउकोमा चोट नलागेको तर शरिरमा गम्भिर चोट लागी सख्त घाइते भएको र उनको पेटको अप्रेसन गरिसकेको उनको एजेन्सी एमीले जानकारी दिइन् । घाइतेको अवस्था चिन्ताजनक रहेको अस्पताल श्रोतले जानकारी दिएको छ ।

एमीका अनुसार प्रहरी घटनास्थल पुगी घटनाको विषयमा अनुसन्धान शुरु गरेको छ ।

५ बर्ष देखि कार्यरत रहेको बताइएको घाइते दामी लामाको बारेमा विस्तृत जानकारी प्राप्त हुदासाथ हामी यस विषयमा Fallow Up   गर्ने छौं ।

 

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...