वुधवार राती इजरायलको केफरममासमा सडक दुर्घटनामा परेकी नेपाली चेलीको निधन (UPDATED)

Published Date: October 11, 2018

ए1न्यूज इजरायल

इजरायलको उत्तरी भेगमा रहेको केफरममासमा सडक दुर्घटनामा परी गम्भिर घाइते भई फारसभा स्थित मेयर अस्पतालमा उपचाररत नेपाली चेलीको उपचारको क्रममा निधन भएको छ ।

सिन्धुपाल्चोक हेल्म्वु ६ स्थायी घर भई विगत ७ बर्षदेखि रोजगारीको लागि  इजरायलमा रहेकी अन्दाजी ४० बर्षिया दामी ग्याल्मु लामा नाम गरेकी लामालाई दुर्घटना पश्चात फारसेभाको मेयर अस्पताल पुर्याइएको थियो । दुुर्घटनाबाट गम्भिर घाइते भएकी लामाको  तत्कालै आकस्मिक शल्यक्रिया  गरिएको थियो ।  ए1नेपाल डट कमले यही समाचारको विस्तृत जानकारी प्राप्त भइ नसक्दै वुधवार रातको करिव  साढे १२ बजे समाचार सम्प्रेसण गरिरहदा मृतक लामा कार्यरत एजेन्सीले उनको पेटको शल्यक्रिया गरिसकेको र अन्य आवश्यकिय आकस्मिक शल्यक्रियाको लागि अप्रेसन थियटर लगिएको बताएकी थिइन । उनको उपचारमा खटिएका चिकित्सकले मृतक लामाको टाउकोमा गम्भिर चोट लागेको र शल्यक्रिया पनि सफल नभएको बताएका थिए ।  विहान करिव ४ बजे अस्पतालले लामाको निधन भएको घोषणा गरेको मृतक लामाकी इजरायलमै कार्यरत वहिनी लासोङ ह्योल्मु लामाले जानकारी दिइन ।

७ बर्षिय १ छोराको आमा समेत रहेकी दामी ह्योल्मु लामा करिव ७ बर्ष अघि ४ महिनाको दुधे बालक छोडेर प्रदेशिनु भएको थियो ।

यसै विच हामीले टेलिफोन सम्पर्क गरी लामाको निधन भएको बारे नेपाली राजदूतावासलाई जानकारी गराएका छौं । नेपाली राजदूतावासले यथासिघ्र मेयर अस्पताल पुगी मृतक लामाको विषयमा विस्तृत जानकारी लिने ए1नेपाल डट कमलाई जानकारी गराएको छ ।

१० अक्टूवर वुधवार रातको करिव  साढे ८ बजे उनी कार्यरत केफरममास नजिकैको रुपिन्चोकमा सडक पेटीमा रहेकी दामी लामालाई निजि कारले ठक्कर दिएको थियो । ठक्कर दिए लगत्तै अस्पताल पुर्याइएकी लामाको इजरायल प्रहरीले मोवाइळ फोन मार्फत नम्वर पत्ता लगाइ उनको एम्प्लोयरलाई खवर गरेको थियो । तत्पश्चात एम्प्लोयरले उनको एजेन्सीलाई खवर गरेको थियो ।

मृतक लामाकी एजेन्सी एमीले प्रहरीले  घटनाको विषयमा अनुसन्धान शुरु गरेको छ भने  मृतक लामाले  रोजगारदाता र विमा कम्पनीबाट पाउनुपर्ने सम्पूर्ण हर हिसाव अघि बढाएको बताएकी छिन् ।

त्यस्तै हाल मृतकको पार्थिव शरिरलाई मेअर अस्पतालमै राखिएको छ भने  शव स्वदेश फर्काउनको लागि आवश्यक प्रकृया अघि वढिसकेको लामा कार्यरत एस्राल्याण्ड एजेन्सीकी एमीले बताएकी छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...