राजधानीमा नक्कली नोटको बिगबिगी, ३ लाख ७० हजारसहित ५ जना पक्राउ

Published Date: October 21, 2018

काठमाडौं । राजधानीमा ठूलो मात्रामा नक्कली नोट फेला परेको छ । काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट प्रहरीले ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ ।

नेपालीहरुको महान् चाड बडादशैंका बेला राजधानीमा नक्कली नोटको बिगबिगी भएको सूचना पाएपछि काठमाडौं प्रहरीले खोजी अभियान चलाएको थियो ।

शुक्रबार पजि महागनरीय प्रहरी वृत्त गौशालाले एक हजार दरको २९ वटा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन थिए ।

उनीहरुबाटै प्राप्त सूचनालाई फलो गर्दै जाँदा प्रहरीले ललितपुरको मच्छेगाउँस्थित एक व्यक्तिको घरसहित काठमाडौंका विभिन्न क्षेत्रमा छापा मारेर नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको हो ।

छापा मार्ने क्रममा विभिन्न व्यक्तिको कोठाबाट फोटोकपी मेसिनसहित नोट छाप्ने कागजहरु समेत बरामद भएको छ ।

परिसरका एक अधिकारीका अनुसार उनीहरुले आफ्नै कोठामा फोटोकपी मेसिनहरु राखेर नक्कली नोट छाप्ने गरेका थिए ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...