प्रधानमन्त्रीको नाम केपी हैन कर प्रसाद ओली : देउवा

Published Date: November 22, 2018

बुटवल । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट सरकार अधिनायकवादतर्फ बाटोमा अगाडि बढेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस महासमिति बैठकको सन्दर्भमा राजनैतिक प्रस्ताव मस्यौदा, सुझाव संकलनको लागि रूपन्देहीको भैरहवामा बिहीबार आयोजित प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा देउवाले अहिलेको सरकार कर मात्र बढाउन उद्धृत भएको भन्दै प्रधानमन्त्रीको नाम केपी शर्मा ओली नभएर कर प्रसाद शर्मा ओली भएको टिप्पणी गरे । उनले सरकारले निर्मला हत्याकाण्डका आरोपीहरुलाई बचाउन खोजेको आरोप समेत लगाए ।

वर्तमान केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै अन्त्य गर्न कांग्रेसले अन्तिम लडाई लडन आवश्यकता देखिएको बताए ।
कार्यक्रमलाई संवोधन गर्दै देउवाले कार्यकतालाई नेकपाविरूद्ध विरोध प्रदर्शनमा उत्तत्र निर्देशन समेत दिए ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...