सामुदायिक सेवा समाजको पाँचौँ बर्षिक साधारण–सभा सम्पन्न

Published Date: December 24, 2018

आर्दश दंगाल,
काठमाडौँ, ३० भाद्र । सामुदायिक सेवा समाजको पाँचौँ वार्षिक साधारण सम्पन्न भएको छ । चावहिल, मैजुबहालस्थित समाजको भवनमा भाद्र ३० गते शनिवार सम्पन्न भएको हो । काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ का माननीय सभासद् गगनकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको समाजका अध्यक्ष गोपाल प्रसाद पण्डितको सभापतित्वमा सम्पन्न भएको थियो । सो कार्यक्रममा विशिष्ट अतिथि काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ (क) माननीय नरोत्तम वैद्य, काठमाडौँ मनहानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डंगोल, महानगरीय प्रहरीवृत्त गौशाला–गौरीघाट विटका इञ्चार्ज प्र.स.नि. निर्मल पौडेल, गौरीनगर सुधार समितिका अध्यक्ष कमलप्रसाद काफ्ले, उमाकुण्ड टोल सुधार समितिका महासचिव प्रेमबहादुर श्रेष्ठ, जापानी सूचना केन्द्र नेपालका अध्यक्ष मदनकृष्ण सिलवाल, मैजुबहाल कल्याणकारी गुठीका कोषाध्यक्ष हरिभक्त महर्जन, कुमारीगाल टोल सुधार समितिका अध्यक्ष मुकुन्द अधिकारी, का.म.न.पा. वडा नं. ७ वडा कमिटीका नेपाली काँग्रेसका सभापति प्रवेश लामिछाने लगायत हुनुहुन्थ्यो ।

 

सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष दिलिप आचार्यले दिनुभएको थियो । साथै, वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष गोपाल प्रसाद पण्डित, आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष शाम्वेश सत्याल र भावी योजनाका बारेमा सस्थाका सचिव देवदूत अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ का माननीय सभासद् गगनकुमार थापाले सामुदायिक सेवा समाजको उत्तरोत्तर प्रगतिको कामना गर्दै सामाजिक हितमा स्वास्थ्यका क्षेत्रमा समेत उल्लेख्य रुपमा काम गर्दै आएकोमा धन्यवाद दिनुभयो ।

त्यस्तै, काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ (क) माननीय नरोत्तम वैद्यले नेपाली हिन्दूहरुको आस्थाको केन्द्र्रविन्दु पशुपतिनाथ क्षेत्रमा रहेको यस सामाजिक सेवा समाजले धार्मिक तथा सामाजिक क्षेत्रमा समेत आगामी दिनमा काम गर्नुपर्नेमा जोड दिँदै आगामी दिनमा सो अनुरुप काम गर्न समेत सुझाव दिँदै पाँचौँ साधारण सभाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

त्यस्तै, काठमाडौँ मनहानगरपालिका वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डंगोलले वडाका हरेक क्रियाकलापहरुलाई सामाजिक संघसंसस्थाहरुले उल्लेख्य भूमिका निर्वाह गर्दै आएको बताउँदै सामाजिक सेवा समाजले सबैसँग सहकार्य गर्दै अघि बढ्न निर्देशन गर्दै समाजको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
सो अवसरमा समाजले स्थानीय आजीवन संस्थाहरु गौरीनगर सुधार समिति, उमाकुण्ड टोलसुधार समिति, जापानी सूचना केन्द्र नेपाल, मैजुबहाल कल्याणकारी गुठी र कुमारीगाल टोल सुधार समाज तथा अन्य ४० जना आजीवन सदस्यहरुलाई खादा तथा प्रमाणपत्र प्रदान गरी सम्मानीत गरिएको थियो । सो कार्यक्रममा २०० जनाको उपस्थीति रहेको थियो ।

सामुदायिक सेवा समाज (कार्यसमिति) पदाधिकारीहरुः

१. अध्यक्षः गोपाल प्रसाद पंण्डित
२. उपाध्यक्षः दिलिप आचार्य
३. कोषाध्यक्षः शाम्वेशराज सत्याल
४. सचिवः देवदुत अधिकारी
५. सदस्यः अमृत जंङ्ग थापा
६. सदस्यः राजन गौतम
७. सदस्यः निर्मला पुडासैनी
८. सदस्यः कमला भट्टराई (तिमल्सीना)
९.सदस्यः नारायण प्रसाद सिंखडा

सामुदायिक सेवा समाज (स्वास्थ्य उपसमिति) पदाधिकारीहरुः

१. संयोजकः गोपाल प्रसाद पंण्डित
२. सह संयोजकः नारायण प्रसाद सिंखडा
३. कोषाध्यक्षः शाम्वेशराज सत्याल
४. सचिवः देवदुत अधिकारी
५. सहसचिवः बिष्णु प्रसाद तिमल्सीना
६. सदस्यः कमल प्रसाद काफ्ले
७. सदस्यः दिलिप आचार्य
८. सदस्यः अमृत जंङ्ग थापा
९. सदस्यः निर्मला पुडासैनी
१० सदस्यः कमला भट्टराई (तिमल्सीना)
११. सदस्यः माधव ढुंगेल
१२. सदस्यः शुरेस प्रसाद पुडासैनी
१३ सदस्यः बासुदेव सिग्देल
१४. सदस्यः हरिभक्त्त महर्जन
१५. सदस्यः राजन गौतम

समाप्त ।हाइकूका दुई कृति लोकर्पण
आर्दश दंगाल
काठमाडौँ, ३० भाद्र । सामुदायिक सेवा समाजको पाँचौँ वार्षिक साधारण सम्पन्न भएको छ । चावहिल, मैजुबहालस्थित समाजको भवनमा भाद्र ३० गते शनिवार सम्पन्न



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...