नेपाल आइडलको उपाधि रवी ओडलाई

को हुन रवी ओड ?

Published Date: December 20, 2018

नेपाल आइडल सिजन–२ को उपाधि सुदुर पश्चिमका रवी ओडले जितेका छन् । गत शुक्रवार पुल्चोक स्थित इन्जिनियरिङ कलेजको प्राङ्गनमा भएको ‘नेपाल आइडल ग्राण्ड फिनाले’ मा ओडलाई सिजन–२ को विजेता घोषणा गरिएको थियो ।

ओडले उपहारस्वरुप होण्डा डब्लूआरभी गाडी, २२ लाख नगद र गोल्डेन माइक प्राप्त गरेका  छन् । त्यस्तै, आयोजकले ओडको लागि एउटा एल्बममा लगानी गर्नेछ र सांगीतिक कार्यक्रमको लागि विश्व भ्रमण गराउनेछ ।

अन्नपूर्ण नेटर्वकका अध्यक्ष  रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले पुरस्कार वितरण गरे ।

विजेता घोषणा भएपछि भावुक बनेका रविले अन्य तीनजनाप्रतिस्पर्धी पनि विजेता नै भएको बताएका थिए ।

यो सिजनको फस्ट रनर अप पोखराका बिक्रम बराल भएका छन् । बरालले २० लाख नगद सहित ‘सिल्भर ट्रफी’ पाएका छन् । सेकेण्ड रनरअप भएका झापाका सुमित पाठकले १५ लाख नगद र ‘ब्रोन्ज ट्रफी’ जिते । त्यसैगरी चौथो भएकी झापाकै अस्मिता अधिकारीले होण्डा डियो स्कूटर प्राप्त गरेकी छन् ।

अन्तिम प्रतिस्पर्धीको रुपमा रहेका चारैजना एपीवान टेलिभिजनसँगको सम्झौतामा अऩुवन्धित भई संयुक्त रुपमा सांगीतिक कार्यक्रम लिएर विश्वका विभिन्न देश पुग्नेछन् ।

को हुन रवी ओड ?

वि.सं. २०५४ सालमा नेपालको पश्चिमी सीमामा अवस्थति कन्चनपुरको कृष्णपुर नगरपालिकास्थित टाउको निहुराएर छिर्न पनि मुस्किल पर्ने एउटा सानो टायलको झुपडीमा  बुवा राजेन्द्र र आमा उमा ओडका तेस्रो सन्तानको रुपमा जन्मिएका  रवी ओड भविष्यका लागि संघर्ष गरिरहेका युवा हुन ।

उनका बुवा राजेन्द्र परिवार पाल्नका लागि  भारतमा पालेको काम गर्छन्,  । रविका हजुरबुवा पहाडी जिल्ला छामबाट बसाइँ सरेर कञ्चनपुर झरेका थिए। रविका हजुरबुवा र बुवा जीविका चलाउने गतिलो स्रोत खोज्दै अछामको साँफेबगर नगरपालिकाबाट कञ्चनपुर झरेका थिए ।  हजुरबुवाको प्रेरणाले संगीतमा लागेका रवि नेपाल आइडलको धनगढीमा भएको अडिसनमा पुग्नुअघि  गाउँमै हुने सांगीतिक प्रतियोगितामा भाग लिन्थे भने धनगढी पुगेर दोहोरी साँझमा गाएर पैसाको जोहो गर्थे । उनी २०७० सालको संविधानसभा निर्वाचनमा म्यादी प्रहरी भएका थिए भन्दा जोकोहीले पत्याउँदैन । परिवार पाल्न र  आफ्नो दैनिक खर्चका लागि उनी २०७० सालको संविधान सभा निर्वाचनमा म्यादी प्रहरी पनि बनेका थिए । उनले म्यादी प्रहरी बनेर राष्ट्रको सेवा त गरे नै त्यससँगै केही  आम्दानी पनि गरे जसले उनको जीवन चलाउन केही समय सहज भयो ।

सुदूरपश्चिमबाट नेपाल आइडलको अन्तिम चारमा पुगेका एक्ला प्रतिस्पर्धी ओड यसअघि नै सेलिब्रेटी भइसकेका थिए । नेपाल आइडल सिजन २ को विजेता बनेसँगै अब आर्थिक रूपमा पनि उनको जिन्दगी फेरिएको छ तर रविको यो सफलता देख्न र उनको लोकप्रिय आवाज सुन्न उनलाई जन्म दिने  आमा अहिले यो दुनियाँमा छैनिन्,  तर उनलाई जुन  आमाले हुर्काइन् जन्म दिने  आमाको कहिल्यै कमी हुन दिइन्न । भारतमा रोजगारी गरिरहेका उनका बाबुले रविलाई जिताउन भोट माग्दै हिँडे र आज उनै वावुका छोरा रवीको सफलकाको खवर उका परदेशमा रहेका बुवाले सुनेपछि पक्कै हर्षका आँसु बगाए ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...