जय नेपाल – रोहित भण्डारी

Published Date: December 24, 2018

साहित्य संकलक र प्रकाशक -अन्तरास्ट्रिय नेपाली साहित्य समाज  नर्थ इस्ट ओहायो च्याप्टर

मेरो कबिताको शीर्षक हो

“जय नेपाल”

मेरो यो चार ताराको जय नेपाल होइन।
मेरो हसिया र हथौडाको जय नेपाल होइन।।
यो त सगरमाथाको जय नेपाल हो।
यो त बुद्द भुमिको जय नेपाल हो।।

मेरो यो घुस्याको जय नेपाल होइन।
मेरो अपराधीको जय नेपाल होइन।।
यो त शान्ती प्रेमिको जय नेपाल हो।
यो त न्यायप्रेमिको जय नेपाल हो।

मेरो यो बलात्कारीको जय नेपाल होइन।
मेरो पापीलाई जोगाउनेको जय नेपाल होइन।।
यो त गरिब र असहायको जय नेपाल हो।
यो त आवाजबिहिन र बेसहाराहरुको जय नेपाल हो।

मेरो यो देशद्रोहीको जय नेपाल होइन।
मेरो यो देश बेच्नेको जय नेपाल होइन।।
मेरो ती महान शहिदहरुको आमाको जय नेपाल हो।
मेरो यो सुस्ताबासीको जीवन र छातीको जय नेपाल हो।।

मेरो यो भेदभावको जय नेपाल होइन।
मेरो यो एउटा भुगोलको जय नेपाल होइन।।
यो बिभिन्नतामा एकता र सद्भावको जय नेपाल हो।
यो मेची महाकाली तथा हिमाल पहाड र तराइको जय नेपाल हो।।

धन्यबाद!!!

रचना:रोहित भण्डारी
मिती: डिसेम्बर ८, २०१८
समय: रातको 11:५८ बजे

स्थान:क्लिभल्याण्ड, ओहायो।

 

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...